जिल्ला समाचार

“गुल्मी साप्ताहिक” पत्रिका दोस्रो वर्षमा प्रवेश

गुल्मी, ०२ भदौ । गुल्मी जिल्लाबाट प्रकाशित हुने एकमात्र पत्रिका गुल्मी साप्ताहिक दोस्रो वर्षमा प्रवेश गरेको छ । जिल्लाको सदरमुकाम तम्घासबाट सुसम मिडिया प्रा.लि द्वारा प्रकाशित उक्त पत्रिकाले गतवर्ष भाद्र १ गतेबाट आफ्नो प्रकाशन शुरु गरेको थियोे ।

एकवर्षको समयावधिमा यस पत्रिकाले ३३ अंक प्रकाशन गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण भएको लकडाउनले गर्दा ३३ अंक मात्रै प्रकाशन गर्न सफल भएको पत्रिकाका प्रवन्ध निर्देशक मनोज कार्कीले बताए ।

एक वर्षको यस अवधिमा गुल्मी साप्ताहिक पत्रिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सवैमा गुल्मी साप्ताहिक पत्रिका आभारी समेत रहेको कार्कीको भनाइ छ ।

“गुल्मीको सदरमुकाम तम्घासबाटै पत्रिका प्रकाशन गर्न निकै ठुलो चुनौती रहेको र पत्रकारिता भर्खरै सुरु गरेका हामीलाई निकै अप्ठ्यारो परिस्थिति थियो”, प्रवन्ध निर्देशक कार्कीले भने, “तर हामी यसलाई निरन्तर दिनु ठुलो कुरा हो ।”

आगामी दिनमा पनि गुल्मी साप्ताहिक पत्रिकाले संचार क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाउनेे पत्रिकाका सह-सम्पादक सन्तोष महतारालेे बताए । गुल्मी साप्ताहिक पत्रिकाको कार्यालय रेसुङ्गा नगरपालिका – २, तम्घासमा रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D