गुल्मी, भाद्र १८ । गुल्मी यातायात व्यवसायी संघको छैठौं अधिवेशनले अध्यक्षमा रुपकलाल श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । विधान विवादले ६ महिनाअघि उद्घाटन भएर स्थगित अविधेशनको शुक्रबार सम्पन्न बन्द सत्रले उपाध्यक्षमा रमेश श्रीस, अरुणकुमार श्रेष्ठ, नारायण ज्ञवाली र कमलप्रसाद श्रेष्ठ, महासचिवमा उत्तमबहादुर कुँवर ‘हिमाल’, सचिवमा महेश राजभण्डारी, मधुसुधन ज्ञवाली, कोषाध्यक्षमा ज्ञानहरि सापकोटा र सहकोषाध्यक्षमा माधव बिष्टलाई निर्वाचित गरेको छ ।