gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मी महोत्सवमा ६ करोड बढिको आर्थिक कारोवार

अनिल खत्री
७ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् ।महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए ।

उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको बताए । बाणिज्य संघको नेतृत्वमा तम्घास बजार भित्रको बाटो कालोपत्रे गर्न अगुवाइ समेत गरेको भुसालले बताए । त्यतिबेलाको समयमा तम्घास बजार वासी व्यवसायीले आर्थिक रकम उठाएर कालोपत्रे गर्न अगुवाई गरेका थिए । महोत्सवमा साना कुटिर उद्योगबाट उत्पादित वस्तुलाई प्रर्वद्धन एबम् बजारीकरण गर्ने उदेश्य रहेको थियो ।

६ करोड वढिको कारोवार

१२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिव ६ करोड बढिको आर्थिक कारोवार भएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चलेको थियो ।

उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्थालाई समापनको अबसरमा धन्यवाद दिए । उनले आगामी दिनहरुमा गरिने मेला महोत्सवमा यस्तै सहयोगको अपेक्षा गरे ।

महोत्सवमा उत्साह जनक सहभागिताले सफलता पूर्वक सम्पन्न भएको पौडेलले बताए । महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको थियो । महोसत्वमा दुई सय स्टल रहेका थिए ।

त्यसमध्ये १५ वटा स्टलहरु कृषि तथा घरेलु उद्योगबाट उत्पादीत वस्तुहरुको प्रर्दशन गरिएको थियो । जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरु, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको थियो ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको थियो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D