जिल्ला समाचार

गुल्मी महोत्सवमा २ दिन हेलिकप्टर

अनिल खत्री
१६ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सवमा २ दिन हेलिकप्टरको व्यवस्था हुने भएको छ । महोत्सवलाई थप आर्कषण बनाउनको लागी भन्दै महोत्सव अबधिभर मध्ये दोस्रो र तेस्रो दिन चैत १७ र १८ गते २ दिनलाई मात्रै हेलिकप्टरको व्यवस्था गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
हेलिकोप्टरद्वारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्यावलकन गर्न सकिने पूर्व अध्यक्ष श्रेष्ठले बताए । हेलिकप्टर उडानको लागि सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिने छ ।
हेलिकप्टर चेढेपछी महोत्सव सञ्चालन स्थलसँगै जिललाका बिभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सक्नेछन् । महोत्सवमा हेलिकोप्टर चढनको लागि प्रति व्यक्तिको लागी ५ मिनेट बराबर ५ हजार रकम तोकिएको छ ।
जिल्लाको ऐहिसिक क्षेत्रहरुको प्रचार प्रसारसँगै महोत्सवलाई थप रमाइले मय बनाउनको लागी हेलिकप्टरको व्यवस्था गरिएको श्रेष्ठले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D