जिल्ला समाचार

गुल्मी महोत्सवमा स्थानिय तह स्तरिय दोहोरी प्रतियोगीता रेसुङ्गा नगरपालिका प्रथम

अनिल खत्री
२६ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सवमा थप आर्कषकको रुपमा रखिएको लोक दोहोरी प्रतियोगीता सम्पन्न भएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले नेपालमै पहिलो पटक स्थानिय तह स्तरिय ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिएको हो ।
रम्बा चाउचाउको प्रायोजनमा महोत्सव अबधी भर मध्ये चौथो दिनबाट राखिएको जिल्लाका स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीतामा रेसुङ्गा नगरपालिका प्रथम भएको महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए । गुल्मी रम्बा तारा दोहोरी प्रतियोगिताको लागी १० वटा स्थानिय तहबाट सहभागिता रहेको थियो ।
प्रतियोगीतामा मुसिकोट नगरपालिका द्धितिय र गुल्मी दरबार गाउँपालिका तृतिय भएका छन् । प्रतियोगीतामा प्रथम हुने समुहले रु ५५ हजार द्धितिय हुने समुहले ३५ हजार र तृतिय हुने समुहले २५ हजार रकम पाएका छन् । रम्बा चाउचाउको तर्फ बाट र गुल्मी जिल्लाबाट हाल काठमाडौंमा रहेका समाजसेवी एबं गाएक खुमानन्द गौतमको आर्थिक सहयोगमा पुरस्कार राशि थप गरेर दिइएको आयोजकले जनाएको छ ।
बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस नेता प्रकाशमान सिंह, रम्बा चाउचाउका गुल्मी डिलर प्रमुख मृगेन्द्र प्रसाद श्रेष्ठ र समाजसेवी खुमानन्द गौतमले नगद तथा रम्बा चाउचाउले सम्मान गरेका थिए । एउटा समुहमा ४ जना दोहोरी गाउँने प्रतिस्पर्धी रहका थिए ।
महोत्समा प्रत्येक महोत्सवमा नयाँ प्रतिभा खोज्ने प्रयास स्वर कार्यक्रमहरु राखिएको आयोजकले जनाएको छ । यस अघिका महोत्सवहरुमा गायन क्षेत्र र नृत्य क्षेत्रलाई अगाडी ल्याउने उदेश्यले डान्स प्रतियोगीता राखिएको थियो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ गुल्मीमा ११ दिन सम्म महोत्सव चलेको थियो । लिरहेको छ । चैत १६ देखि सुरु भएको महोत्सव चैत २६ गते सम्म सञ्चालन आएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D