जिल्ला समाचार

गुल्मी महोत्सवमा दार्चुलाका प्रकाशले बनाएको हेलिकप्टर प्रदर्शनीमा राखीने

अनिल खत्री
७ चैत गुल्मी । यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवमा दार्चुलाको नौ घाट गाँउपालिका ०४ का प्रकाश महत्ताले बनाएको हेलिकप्टर प्रदर्शनीमा राखीने भएको छ । अहिले हाइड्रो इलेक्ट्रीक एण्ड टेक्निकल कलेज धनगडीमा हाईड्रो इलेक्ट्रीकल ओभरसीयल अध्यन गर्दै आएका महत्ताले ५ फिट लम्बाई ३ फिट उचाई भएको आल्मुनीयमबाट बनेको हेलिकप्टर बनाएर चर्चामा आएका हुन् ।

विद्युत्तीय शक्तिबाट चल्ने हेलिकप्टरमा ३ वटा इन्जीन जडान गरीएको छ । रिमोटबाट चल्ने हेलीकप्टर वनाउन उनले कलेजमा तिर्ने शुलकबाट बचाएर २ लाख ५० हजारको लागतमा उक्त हेलीकप्टर बनाएका हुन् ।

उनले बनाएको हेलिकप्टर कन्चनपुरको महेन्द्रनगरमा आयोजना गरीएको महोत्सव तथा विभिन्न ठाँउमा भएका मेला महोत्सवमा उनले बनाएको हेलीकप्टर मुखय आकर्षकको रुपमा रहेको थियो । इच्छा शक्ति र लगाव हुने हो भने जस्तो सुकै कठिन काम गर्न सकिन्छ भन्ने उदाहरण प्रकाशले दिएका छन् ।
विज्ञान र प्रविधिको युगमा प्रकाशको शिप र कलालाई प्रात्ताहासीत गर्ने र स्कुल कलेजका विद्यार्थीहरुलाई नयाँ नयाँ विज्ञान र प्रविधिको आविस्कार गर्न प्रोत्साहन गर्ने उदेश्यले गुल्मी महोत्सवमा ल्याउन लागीएको एक्जिवेसन नेपाल गुल्मीका संयोक तोमलाल पन्थीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D