सुजन न्यौपाने
गुल्मी, ३ भदौ । १८१ औं विश्व फोटोग्राफी दिवसकाे अवसर पारेर गुल्मी फोटोग्राफर संघ गुल्मीले पिडितलाई सहयोग गरेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा राना डिजिटल स्टुडियो संन्चालन गर्दै आएका फोटोग्राफर जिवन रानाको हावाहुरी तथा पानीले बास नै क्षत विक्षत भएको र बस्ने समेत ठाँउमा समस्या भएपछि संघले आर्थिक सहयोग गरेकाे हो ।
गुल्मी फोटोग्राफर संघ गुल्मीका अध्यक्ष हरी न्यौपाने सचिव राज कुमार सुनार र फोटोग्राफरहरुको उपस्तीथिमा संघले पाँच हजार रुपैंया नगद सहयोग गरेको हो । साथै गुल्मी जिल्लाका फोटो ग्राफरलाई संघले एकजुट भई अगाडि बढ्न र सघंले फोटोग्राफीमा आवद्ध सबैलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउदै प्रमाण पत्र समेत वितरण गरेकाे छ ।

उपस्थित भएका सबै फोटोग्राफरहरुलाई संघकाे लोगो अंकित टि-सर्ट वितरण गरिएकाे छ । साथै संयोजक प्रकाश बस्नेत र संघका अध्यक्ष हरी न्यौपानेले संगठन बलियो र फोटोग्राफरहरुको पहिचान बनाउन लोगो अंकित टि-सर्ट सहयोग गरेका थिए ।