अनिल खत्री
गुल्मी, भदौ २० । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धिबेदीले कानुन हालमा लिने जो कोहिलाई नछोडने बताएका छन् । हालै गुल्मीमा सरुवा भएर आएका प्रहरी उपरिक्षक द्धिबेदीले मंगलवार पत्रकारहरुसँग परिचयात्म कार्यक्रममा कुरा गर्दै उनले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने खालका अपराधीक क्रियाकलाप गर्ने जो कोहिलाई नछोडने बताए ।
आफनो गुल्मी बसाईको कार्यकालमा मुख्य गरेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनु र दुबै तहको निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नु कार्यभार रहेको बताए । उनले जिल्लामा शान्ति सुरक्षा सँगै प्रहरीका रचनात्मक क्रियाकलापमा सहयोग गर्न पत्रकारहरु सँग आग्रह गरे ।
प्रहरी उपरिक्षक द्धिबेदीले घरेलु मदिरा सेवन तथा बिक्री बितरणका कढाई गर्ने बताए । उनले चाडपर्वको बेला घरेलु मदिरा सेवनले समाजमा होहल्ला झैझगडा लगायतमा समाजमा अशान्ती फैलाउने खालमा घटनाहरु फैलने हुँदा नियन्त्रणमा कढाई गर्न बिशेष योजना ल्याएको बताए ।
जिल्लामा दुर्घटना नियन्त्रण गर्न ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिएको बताए । प्रहरीले चाडपर्वको बेला समाजमा होहल्ला गर्ने, मदिरा सेवन गर्ने, रातीमा मदिरा सेवन गरेर अबेर सम्म हिडने क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिन गस्ती टोली वढाइएको बताए । अन्र्तक्रियामा पत्रकारहरुले जिल्लामा युवा पिडिहरु लागुऔषतको दुव्र्यसनिमा फसेकोले कढाई गर्न सुल्झाएका थिए ।