जिल्ला समाचार

गुल्मी प्रहरीको गाँजा फडानी अभियान फेरी शुरु

टोपलाल अर्याल
गुल्मी, ८ असार । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियान पुन: शुरु गरेको छ । प्रहरीले सदरमुकाम नजिकैको कुडापानीबाट विभिन्न व्यक्तिहरुको बारीमा उम्रिएको गाँजाका बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर केशीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले दुई क्विन्टल गाँजा नष्ट गरेको छ । केहि महिना पहिला प्रहरीले सदरमुकामको बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्क गरेर सात क्विन्टल गाँजा नष्ट गरेको थियो । साथै जिल्लाका अन्य स्थानमा रहेका गाँजा पनि बरामद गरेको थियो ।

जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेको र सुचना आउन थालेपछि फेरी अभियान संचालन गरेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धवेदी बताए । ‘जिल्लामा व्यावसायीक रुपमा गाँजा खेती छैन, तर प्रयोकर्ता छन्, द्धवेदीले भने,’ बिस्तारै सचेतना र कार्बाहि बढाउनुपर्छ ।’ उनले आफ्नो वरीपरी कहिँकतै व्यति वा सार्वजनिक स्थलमा गाँजा खेती गरिएको भए प्रहरीलाई तुरुन्त जानकारी दिन आग्रह गरे ।

गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने प्रहरी निरिक्षक खत्रीले बताए । जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

अहिले जिल्लामा यसका प्रयोगकर्ता बढदै जान थालेका छन् । जिल्लाका विभिन्न होटल, चोक र गल्लीहरुमा गाँजा सेवन गर्नेहरु बढ्दै गएको गुनासा आउन थालेपछि प्रहरी थप सक्रिय भएको छ । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी, बाटोमा हिडने सडक बालबालिका, तथा बालश्रमिकहरु पनि दुव्र्यसनीमा फस्दै गएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D