जिल्ला समाचार

गुल्मी पुगेका कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले गुल्मी कांग्रेसको यसरी प्रशंसा गरे

कांग्रेस सुर्धान गुटबन्दी अन्त्य गर्नुपर्छ, अब काठमाण्डौमा बसेर टिकट लिने जमना पनि सकियो

रमेश वि.क.
१९ जेठ, गुल्मी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली काग्रेसले गुट बन्दी अन्त्य गर्नुपर्ने र संगठनलाई मजबुत बनाउनुपर्ने बताउनु भएकोे छ ।

नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा पूर्व अर्थमन्त्री समेत रहनुभएका डा. महतले नेपाली काग्रेस पराजय हुनुमा गुटको कारण समेत रहेको बताउनुभएको छ । अब नेपाली काग्रेसले गुट नबनी बिकास निर्माणमा लाग्न र संगठनलाई सुदृणीकरणमा लाग्नका लागि सबै एकजुट हुनुपर्नेमा आग्रह गर्नुभयो ।

नेपालमा श्रम गरेर हिन्दूस्त्थानमा ५० प्रतिशत रकम गएको भन्दै यसलाई रोक्नका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । गुल्मी काग्रेसको प्रशंसा गर्दै महतले भने, “गुल्मी काग्रेसले थालेको अभियान एकदमै सराहनिय छ, यो अभियानको सम्मान गर्दे अन्य जिल्लाले पनि यसबाट पाठ सिक्नुपर्नेछ ।”

अहिले बामपन्थीहरुले प्रशासनमा समेत राजनीति गर्न थालेको भन्दै यसलाई सचेत गराउनु काग्रेसको कर्तब्य समेत रहेको दाबी गर्नुभयो । युवाहरु बिदेशीने क्रम बढेको भन्दै महतले श्रमको सम्मान गर्दै नेपाली अर्थतन्त्रलाई स्वदेशमानै राख्नका लागि जोड दिनुभयो ।

काठमाण्डौमा बसेर टिकट लिने जमना पनि सकियो

नेपाली कागे्रसका केन्द्रिय सदस्य एबम नेता चन्द्र भण्डारीले अब काठमाण्डौमा बसेर चुनाबको टिकट लिने जमनाको अन्त्य भएको बताउनुभयो । गाँउमा नजाने ठुलाकुरा गर्ने र चुनाबको समयमा नेताको चाकडी गरी टिकट लिने जमानाको गुल्मी कांग्रेसले अन्त्य गर्ने बताउनुभएको छ । गाउँ नजाने र राजधानी बसेर ठुलाकुरा गर्न कांग्रेसमा रोग लागेकाले यसलाई अब अपे्रशन गर्नु पर्ने बताउनुभयो। पछिल्लो निर्वाचनमा जनताले काग्रेसलाई सुर्धानका निम्ती हराएको भन्दै भण्डारीले अबको निर्वाचनमा काग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो ।

अहिलेको बाम सरकारले काग्रेसलाई बिकास निर्माणमा र अन्य बिषयहरुमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने ठोकुवा गर्नुभयो । बैशाख १ गतेदेखी सुरुभएको ५० दिने गाउँ जाउँ गाउँमै रमाउ महाअभियानको समापन कार्यक्रममा जिल्लाका ९३ वटै वडाका पार्टी सभापतीहरु एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D