जिल्ला समाचार

गुल्मी दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकलाई सचेतना कक्षा सुरु

अनिल खत्री
१६ पुस, गुल्मी । गुल्मी ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना अपनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न दैनिकजसो सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

बुधवार ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले गुल्मीमा दुर्घटना न्यूनिकरण चालक सह चालकलाई सचेतना कक्षाको सञ्चालन सुरु गरिको छ । सचेतना कक्षाको जिल्ला प्हरी कार्यालयमा एक कार्यक्रम गरेर सुरु गरिएको हो ।

जिल्ला भर सञ्चालन हुने बिभिन्न सवारी चालक र सह चालकलाई भेला गरेर सचेतना कक्षाको सुरु गरिएको छ । दुर्घटना न्यूनिकरण गर्न सबै पक्षा जिम्मेवार बन्नु पर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खडकाले बताए ।

दुर्घटनाको कारण के हो र त्यसको नियन्त्रण कसरी गर्न सकिन्न भन्ने उदेश्यसले यस कार्यक्रमको थालनी गरिएको प्रहरी उपरिक्षक खड्काले बताए । कार्यक्रममा समुदायिक प्रहरी साझेदारीका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, अध्यक्षक कृष्णप्रसाद भण्डारीले चालकको हातमा धेरैको जीवन हातमा रहेकाले जिम्मेवार बनेर सवारी साधान चलाउनु पर्नेमा जोड दिए ।

प्रहरी ट्राफिकलाई आखा छल्न मात्रै नभई सबैको जीवन रक्षा गर्न चालकको महत्वपूर्ण भूमिका रहने भएकाले जिम्मेवार चालक बन्न आग्रह गरे । चालकले यात्रुसँग बोल्दा पनि नम्र र सरल व्यवहारले बोल्नु पर्नेमा जोड दिए ।

असल चालक बन्न बोली देखि लगाउने खानपानसम्म ध्यान दिएर सुरक्षिक यात्रा गराउन आग्रह गरे । जिल्लाका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेक जाँचसँगै सडक प्रशिक्षण गर्दै आएको छ ।

चालक र सहचालकलाई प्रशिक्षण दुर्घटना न्यूनिकरणको प्रभावकारी बन्दै गएपछि यसलाई निरन्तरता दिन कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक प्रबीण आचार्यले बताए ।

एकछिनलाई ट्राफिक प्रहरीको आँखा छलेर नियम बिपरित सवारी चलाएर दुर्घटना गराएर कानुनले नछोडने हुँदा जिम्मेवार बन्न र कानुनी अबस्था बारेमा प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी गराएका थिए । दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि मात्रै सोच्नु गलत रहेको बताउदै सबै पक्ष उत्तिकै जिम्मेवार रहन प्रशिक्षण दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना कम गर्नका बिधार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ । कार्यक्रममा गुल्मी यातायात व्यवसायी समिति गुल्मीका सचिव महेशराज भण्डारी, कार्यालय प्रमखु डोलबहादुर कुँवर लगायत सवारी चालक सहचालकहरुको सहभागिता थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D