जिल्ला समाचार

गुल्मी दुर्घटनाको शोक स्वरुप गुल्मी महोत्सवमा मौन धारण गरियो, औपचारिक कार्यक्रम भएन

गुल्मीन्युज
गुल्मी, चैत २८ । जिल्लाको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटनामा भएको पूर्व सासंद रुद्रमणी शर्मा भण्डारी सहित ज्यान गुमाउनेहरुलाई श्रद्दान्जली स्वरुप गुल्मीमा जारी प्रथम पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेलामा (गुल्मी महोत्सव) एक मिनेट मौनधारण गरियो ।

साधगि जिवन र ऊच्च बिचारका नेताका रुपमा सर्वप्रिय नेताको पहिचान बनाउन सफल भण्डारीको सम्मानको लागि आज महोत्सवमा एक मिनेट मौनधारण गरिएको हो ।

महोत्सवमा बिहीवार मंचको कुनै पनि औपचारिक कार्यक्रम नभएको आयोजकले बताएका छन् ।
“भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठ बासको कामना गर्दछौ साथै उक्त घटनामा ज्यान गुमाएका सबै प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समबेदना ब्यक्त गर्दछौ”, महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले भने, “सम्पूर्ण घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।”

बिहीवारै गुल्मीबाट निर्वाचित हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि फोनमार्फत समवेदना दिएको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

ता भण्डारीको अन्त्येष्टि शुक्रबार बिहान ११ बजे धुर्कोट गाउँपालिकाको धनार्जीमा गरिने भएको छ । जिल्ला पार्टीले धार्मिक स्थल रिडीमा अन्त्येष्टी गर्ने भनेपनि परिवारको आग्रह अनुसार कर्मथलो धनार्जीमै अन्त्येष्टि गर्ने निर्णय गरिएको काङ्ग्रेस नेता महेन्द्र भण्डारीले जानकारी दिए ।

भण्डारीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनका लागि नेपाली काङ्ग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार गुल्मी आउने भएका छन् । सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताहरु शुक्रबार गुल्मी आउने कार्यक्रम तय गरिएको काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D