जिल्ला समाचार

गुल्मी दरवार गाउँपालिकाको समिक्षा वार्षिक प्रगती, ९२ प्रतिशत कार्यालयमा सिसी क्यामरा निगरानी

अनिल खत्री
१७ साउन गुल्मी । गुल्मी दरवार गाउँपालिकाले गएको एक वर्षमा गरेका प्रगती सार्बजनिक गरेको छ । गाउँपालिकाले बिहिवार पत्रकार भेटघाटको आयोजना गरेर एक बर्षको अवधिमा केहि नितिगत अष्पष्टता, कानूनको अभाव लगायत समस्याले अन्यौलता श्रृजना भए पनि गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका नितिगत व्यवस्थाहरु सार्वजनिक गरेको हो ।
गाउँपालिकाले गत आर्थिक बर्ष गाउँपालिकाले कुल रु २४ करोड ६९ लाख ५० हजार ५ सय ४ रुपैया ४० पैसा बजेटको कार्यक्रम तर्जुमा गरेको थियो । जसमध्ये रु. १० करोड १ लाख २३ हजार शसर्त अनुदान र रु. १४ करोड ६८ लाख २७ हजार ५ सय चार रुपैया ४० पैसा समानीकरण अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष अशोक थापाले जानकारी दिए ।
समानीकरण अनुदानबाट रु. ११ करोड ९३ लाख ३३ हजार ५ सय चार रुपैया चालीस पैसा पूँजिगत खर्चमा र रु. २ करोड ७४ लाख ९४ हजार चालु खर्चमा विनियोजन गरिएको थियो । सशर्त अनुदान तर्फ १० करोड १ लाख २३ हजार मध्ये ९ करोड ७५लाख ४७ हजार ५सय ४३ रुपया खर्च भएको जनाएको छ ।
जसको खर्च प्रतिशत ९७.४२ प्रतिशत रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । समानीकरण अनुदान तर्फ चालु २ करोड ७४ लाख ९४ हजार बजेट मध्ये २ करोड ६७लाख ९४ हजार ५४ रुपया खर्च भएको छ ।
कुल रकमको खर्च प्रतिशत ९७.४५ रहेके छ । पूँजिगत ११करोड ९३लाख ३३ हजार ५सय ४ रुपयाँ मध्ये १० करोड ३८लाख ७०हजार १ सय ५१ रुपया रहेको छ । कुल बजेटको ८७ प्रतिशत खर्च भएको छ । गाउँपालिकाले चालु तर्फ जम्मा बित्तिय प्रगति ९२ दशमलव ४ प्रतिशत गरेको गाउँपालिका कार्यकारी अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । खर्च मध्ये वित्तिय प्रगति ९२ दशमलव ४५ प्रतिशत रहेको छ ।

आर्थिक बर्षमा कार्यहरु

एक वर्षमा कार्यालयमा डिजिटल नागरिक बडापत्र, डिजिटल बोर्ड, डिजिटल विधुतिय हाजिरी, प्रत्येक वडामा नागरिक बडापत्रको व्यवस्था,सार्वजनिक सुनुवाई, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । थापाका अनुसार गाउँपालिकाले २७ वटा कानूनहरु तर्जुमा गरी कार्यान्वयमा ल्याईएको बताए । जसमध्ये १७ वटा कानूनहरु राजपत्रमा प्रकाशित गरिसकिए र अन्य कानूनहरु प्रकाशित गर्ने क्रममा रहेको पत्रकार भेटघाटमा बताए ।

कार्यालयमा सिसि क्यामरा

कार्यालयको सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई निगरानी गर्न कार्यालय परिसरमा सि.सि. क्यामरा जडान गरेको छ । कार्यालय परिसरमा फ्रि. वाईफाईको व्यवस्था सँगै सबै वडाहरुमा ईन्टरनेट जडान भएको गाउँपालिका सुचना अधिकारी सुरेश खनालले बताए । गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुलाई सफ्टवेयर मार्फत कार्यन्वयन गर्ने गरी सफ्टवेयर जडान भएको खनालको भनाई छ ।
यस आ.ब. देखि उक्त सफ्टवेयर कार्यान्वयनमा आई योजना सम्झौता कार्यन्वयन र भुक्तानी प्रकृया सरल हुने विश्वास लिईएको उनको भनाई छ । गाउँपालिकाले प्रयोग गर्ने सवारी साधन इन्धन खर्च तथा मर्मत सम्बन्धी कार्यलाई व्यवस्थीत गरी मितव्ययीता अपनाउन कार्य्विधि बनाई कार्यन्वयन गरिएको जनाएको छ ।
हाल गाउँपालिकामा स्थायी, अस्थायी, ज्यालादारी सहित जम्मा ४६ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कार्यालयको आन्तरिक संगठन संरचना अनुसारका दरबन्दी पूर्ति हुन बाँकी रहेका छन् भने गाउँपालिकाको दरबन्दी र संगठन संरचना तयार गरी स्वीकृतिको लागि मन्त्रालयमा पठाईएको अध्यक्ष थापाले बताए । गत आ.ब. मा रु. १० लाख आन्तरीक आम्दानी प्रक्षेपण गरएकोमा रु. १३ लाख ४४ हजार ६ सय ९२ रुपैंया आय भएको गाउँपालिकाले जनाएको छ ।

योजना कार्यन्वयन

गाउँपालिकाले गत आ.ब.मा सभाद्वारा स्वीकृत जम्मा ४सय ४४ योजनाहरु मध्ये ४सय १० वटा योजनाहरु कार्यन्वयन भएको कार्यकारी अधिकृत शर्माको भनाई छ । कार्यक्रमहरुमा जम्मा ९२ दशमलव ४ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । अधिकाशं योजनाहरु उपभोक्ता समिति मार्फत कार्यन्वयन भएको अध्यक्ष थापाले जानकारी दिए ।
जसमध्ये सडक निर्माण र मर्मत, खानेपानी व्यवस्थापन, तर्फ प्रमुख पूर्वाधारका योजनाहरु रहेका छन् । सामाजिक विकास तर्फ दलित, जनजाति, महिला, अपाङ्ग, बृद्ध(बृद्धाहरुमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिएको सुचना अधिकारी खनलले बताए ।

सामाजिक विकास तर्फका अन्य कार्यक्रमहरु

गाउँपालिका भित्रका ४० वटा विधालयहरुको स्थलगत अध्ययन गरी जनसंख्या, भौगोलिक अवस्था, दूरी एवं विधार्थी संख्या समेतलाई आधार मानी ३ वटा विधालयहरुको शिशु कक्षा बाहेकका कक्षाहरु अन्य नजिक पायक पर्ने विधालयहरुमा गाभिएको जनाएको छ । बढी भएका १४ जना शिक्षकहरुलाई शिक्षक कम भएका विधालयहरुमा दरबन्दी मिलान गरीएको बताइएको छ ।
चालु आ.ब.मा १२ जना शिक्षक थप गरी दरबन्दी कम भएका विधालयहरुमा खटाई गाउँपालिकाले तलब दिने गरि बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । विधालयमा लामो समय अध्यापन गर्ने शिक्षकहरुलाई ससम्मान अवकाशमा पठाई नयाँ र उर्जाशिल शिक्षकहरुलाई भर्ना गर्न शिक्षक स्वेच्छीक अवकाशको निमित्त २ महिनाको तलब बराबरको रकम प्रदान गरी नयाँ शिक्षक भर्नाको व्यवस्था गर्ने कार्यक्रम राखिएको कार्यकारी अधिकृत शर्माले बताए ।
गत आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य प्रवर्द्धन गर्न आवश्यक पर्ने सम्पूर्ण औषधी निशुल्क वितरण गरिएको जनाएको छ । स्वास्थ्य कार्यक्रम अन्र्तगत सुत्केरी र गर्भवतिहरुलाई पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्न पोषण सप्ताह मनाई पोषण वितरण गरिएको थियो । बृद्धहरुको आर्थिक र शारिरिक अवस्थालाई मध्यनजर गरी सबै वडाहरुमा निशुल्क स्वस्थ्य शिविर आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

आर्थिक विकास तर्फ

कृषक तालिम, विउ विजन वितरण, टनेल खरिद र वितरण, हाते ट्रयाक्टर वितरण जस्ता कार्यक्रम कार्यान्वयन गरिएको अध्यक्ष थापाले बताए । पशुपालन तर्फ घाँसको बिउ वितरण, व्यवशायीक पशु पंक्षि तालिम जस्ता कार्यक्रम संचालन गरिएको उनले बताए ।
आगामी आर्थिक बर्षका प्रमुख कार्यक्रमहरु
गाउँपालिकाले आगामी आर्थिक बर्षको गाउँपालिकाको कुल आम्दानी तथा खर्च यस प्रकार अनुमान गरिएको जनाएको छ ।

आय तर्फ

समानीकरण १३ करोड ९३ लाख ८९ हजार आय रकम रहेको छ । त्यस्तै सशर्त १३ हरोड रहेको छ । आन्तरीक आम्दानी रु.२० लाख अनुमानित रकम रहेको छ । गत आ.ब.को मौज्दात (अल्या )१करोड ७५लाख रहेको छ । अम्दानी तर्फ कुल जम्मा रु.२८करोड ८८लाख ८९ हजार रहेको छ ।

व्यय तर्फको अनुमान

व्यय तर्फ पूँजिगत चालु ५ करोड ५२ लाख ५३ हजार रहेको छ । सशर्त १३ करोड रकम रहेको छ । जसमध्ये कुल रकम २८ करोड ८८ लाख ८९ हजार व्यय रकम अनुमान गरिएको छ ।

आगामी वर्षका प्रमुख कार्यक्रमहरु

आगामी वर्षको लागि सूचना प्रविधि मैत्री गाउँपालिका निर्माण गर्न आय व्यय योजना लगायतमा सफ्टवेयर जडान गर्ने र आगामी ५ बर्ष भित्र कागज रहित कार्यालय निर्माण गर्न आवश्यक पूर्वाधार तयार गर्दै लैजान रकम विनयोजन गरिएको सुचना अधिकारी अनालले बताए । गाउँपालिकाको व्यवस्थित विकास गर्न गुरुयोजना तयार गर्ने र आगामी आ.ब. देखि कार्यान्वयन गरिने जनाएको छ ।
गाउँपालिकाका हरेक गतिविधिहरु बेभसाईटमा अपडेट गरी सार्वजनीककरणको व्यवस्था मिलाईने अध्यक्ष थापाले भनाई छ । गाउँपालिका अन्तर्गतका सबै सरकारी निकायहरुमा डिजीटल हाजिरीको व्यवस्था गर्न रकम विनियोजना गरिएको जनाएको छ । आन्तरीक आयको सम्भाव्यता अध्ययन गरिने र सम्पत्ती कर कार्यन्वयन गरिने गाउँपालिकाले जनाएको छ ।
योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाई समयमै कार्य सम्पन्न गर्न खरिद योजना तर्जुमा गरिएको जनाएको छ । आगामी आर्थिक बर्ष देखि साना र टुक्रे योजनाहरुलाई निरुत्साहीत गरी देखिने र प्रभावकारी योजना तर्जुमा गर्न विकासका विभिन्न क्षेत्रहरुको विस्तृत अध्ययन गरी बजेट विनियोजन गर्न योजनाहरुको विस्तृत अध्ययन र सर्वेक्षण गरिने कार्यकारी अधिकृत शर्माले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D