जिल्ला समाचार

गुल्मी दरवार गाउँपालिकाको पोषण सप्ताहमा साढे ६ सय आमाले पाए पोषण प्याकेज

टोपलाल अर्याल
गुल्मी, ८ जेठ । गुल्मी दरवार गाउँपालिकाले पोषण सप्ताह भव्यताका साथ सम्पन्न गरेको छ । गाउँपालिकाले पोषण सम्ताहको नारा ‘गुल्मी दरबार गाउपालिकाको पहिचान सुपोषित गाउपालिका हाम्रो अभियान’ भन्ने तय गरेको थियो ।

यो अवधिमा गाउँपालिका वडा न १ देखि वडा न ७ सम्मका ६ सय ६३ जना सुनौला हजार दिनका आमाहरुलाई स्तनपान तथा पोषण सम्बन्धी अभिमुखिकरण गरि पोषण प्याकेज बितरण गरिएको छ । जसमध्ये वडा न १ बलिथुममा २४ जना गर्भबती र ८२ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरुलाई अभिमुखिकरण तथा पोषण प्याकेज वितरण गरिएको स्वास्थ्य संयोजक नारायण अर्यालले बताए ।

त्यस्तै वडा न २ जुभुङमा २१ जना गर्भबती, ७९ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरु, वडा न ३ गौडाकोटमा २१ जना गर्भबती ३३ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरु, वडा न ४ बिरबासमा १७ जना गर्भबती ८८ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरु, वडा न ५ अम्मरअर्बाथोकमा ११ जना गर्भबती ६४ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरुलाई पोषण प्याकेज वितरण गरिएको छ ।

वडा न ६ दरवारदेविस्थान चिनियापोखरीमा १८ जना गर्भबती ४७ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरु, वडा न ७ को ठुलापोखरामा १४ जना गर्भबती र १ सय १४ जना २ बर्ष मुनिका बच्चा तथा तिनका आमाहरु गरि जम्मा १ सय २६ जना गर्भवती र ५ सय ७ जना २ बर्षमुनिका बच्चा तथा तिनका आमाहरुलाई स्तनपान तथा पोषण प्रर्बन्ध सम्बन्धी अभिमुखिकरण गरि सबै सहभागीहरुलाई बिशेष सम्मानका साथ पोषण प्याकेज बितरण गाउँपालिकाले जनाएको छ ।

पोषण सप्ताहको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख उत्तम कुमार कोइरालाले बलिथुममा उद्घाटन गरेका थिए । भने समापन वडा न ७ का वडाअध्यक्ष टोप बहादुर बस्नेतले दरबारदेबिस्थानको ठुलापोखरा गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गुल्मी रबार गाउँपालिकाका ७ वटै वडाहरुमा उक्त कार्यक्रमको संयोजन तथा सहजिकरण गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नारायण प्रसाद अर्यालले गरेका थिए ।

यस अघि गुल्मी दरवार गाउँपालिकाले घरघरमै स्वास्थ्य सेवा अभियान अन्तरगत प्रत्येक वडामा पुगेर जेष्ट नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । जसमा एक हजार दुई सय ४७ जना जेष्ठ नागरिककले सेवा लिए । शिविरमा मिसन अस्पताल पाल्पा र रेसुंगा अस्पतालका बिशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा चार सय ४६ जनाको भिडियो एक्सरे, चार सय ८७ जनाको रगत जाँच र एक सय ८९ जना लाई इसिजी सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताए ।

साथै गुल्मी दरवार गाउँपालिकाले तत्काल प्राथमिक उपचार कार्यक्रम अन्तरगत प्रत्येक बिद्यालय, शिक्षक, जनप्रतिनिधी र महिला स्वंमसेविकाहरुलाई तालिम दिने कार्यक्रम अगाडी सारेको छ । तालिमपछि कार्यालय र स्वयसेविकाका घरघरमा प्राथमिक उपचार किट बक्स समेत उपलब्ध गराइने उनले बताए । गाउँपालिकाका नागरिकको स्वास्थ्य समस्या प्रति थप गम्भिर भएकाले आगामी बर्षहरुमा अझै महत्वपूर्ण कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष अशोक थापाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D