गुल्मी दरवार गपाले जनतालाई सेवा प्रदानमा सहज होस् भनेर मोटरसाईकल र मोबाईल बाँडेको बतायो

प्रेम सुनार
गुल्मी, जेठ २३ । गुल्मी दरवार गाउँपालिकाले आफ्नोे नराम्रो कुरा मात्र सञ्चार माध्यममा आएकोे तर आफुहरुले गरेका राम्रा कामहरु आउन नसकेको गुनासो गरेको छ ।

दुई दिन अघि विभिन्न सञ्चार माध्यममा त्यस गाउँपालिकाले वडाध्यक्षहरुलार्ई मोवाईल फोन देखि मोटर साईकल सम्मको सुविधा दिएको, ईन्धन र बैठक भत्ता अन्यत्र भन्दा बढि खर्र्र्च भएको लगायतको समाचार सार्वजानिक भए लगत्तैैै उसले प्रेस विज्ञप्ती मार्फत यस्तोे गुनासो गरेको हो ।

गाउँँपालिका अध्यक्ष अशोककुमार थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्नन सञ्चार माध्यममा त्यस गाउँँँपालिका विरुद्ध आएका नकरात्मक टिका टिप्पणी प्रति गम्भीर ध्यानकृष्ट भएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘स्थानिय तहमा योजनाहरु छनौट, अनुगमनन, मुल्याङकन लगायत आम गाउँपालिकावासीहरुलाई वडा कार्यालय मार्फत कार्य वोझलाई ध्यानमा राखी मोटरसाईकल र मोवाईल फोन उपलव्ध गराईएको हो । गाउँँपालिकाको निर्णय अनुसार गरिएको उक्त कार्य जनतालाई सेवा प्रदान गर्न सहज होस भन्ने हाम्रो पवित्र उद्देश्य हो ।

फिल्डमा खटिएका कर्मचारीबाट उपभोक्ता समिति मार्फत कमिशन मागिएको भन्ने कुरा सोधपुछ गर्दा सत्य नपाईएको दावी गर्दै सो गाउँपालिकाले भनेको छ त्यस सम्वन्धमा थप छानविन गरिने छ ।

उसले दावी गरेका राम्रा कामहरु
विज्ञप्तीमा भनिएको छ –‘भर्खर स्थापना भएको गाउँपालिकामा सिमित श्रोत साधनका वावजुद पनि विभिन्न ऐन, कानुन र कार्यविधि निर्माण गरी शिक्षा स्वास्थ्य लगायत सार्वजानिक सेवाहरुलाई व्यवस्थित र समुन्नत बनाउन हामी क्रियाशिल छौं । पुर्वाधार विकास र सामाजिक विकासमा विनियोजित रकम अधिकांश कार्यहरु सम्पन्न गरी भुक्तानी भई सकेको छ ।

विद्यालय गाभ्ने, प्रधानध्यापक र शिक्षकहरुलाई उत्तरदायी बनाउन कानुनन निर्माण र कार्यन्वयन गरिएको छ । तालिम बैठक एवं यस्तै कार्यमा हुने खर्चलाई ब्यवस्थीत गर्ने कार्यविधी निर्माण गरी कार्यन्वन गरिएको छ ।

स्वास्थय सेवा तर्फ जेष्ठ नागरिक स्वास्थ्य शिविर, सात वडामा गर्भवती सुत्केरी तथा वालवालिकालाई पोषण प्याकेज वितरण सम्वन्धिी नमु्ना योग्य कार्यहरु गरिएको छ ।

कृषि, पशु तथा महिला वालवालिका तर्फ पनि तालिम सशक्तिकरण र सिपमुलक कार्यहरु सम्पन्न भएको छ । सुचना अधिकारी, नागरिक वडापत्र वेभसाईट मार्फत सु्चना प्रवाह गर्न सवै वडा र गाउँपालिकामा ईन्टरनेटको ब्यवस्था गरिएको छ ।

एकिकृत सम्पत्ति कर कार्यन्न्वयन गर्न तालिम र तथ्याङक संकलन कार्य भई रहेको छ । सार्वजनिक सुनुवाई गरी गाउँँँपालिकाका गतिविधी आयव्याय विवरणा सार्वजानिक गरिएको छ ।

यस गाउँपालिकालाई समृद्ध बनाउने र सेवाा प्रवाहलाई सर्वसाधरणा सम्म सेवा प्रवाहको सहज पहुँच बनाउने हाम्र्रो उद्देश्यलाई सफल पार्न हामी सवै राजनैतिक दल, नागरिक समाज , पत्रकार र आम जनताबाट सहयोगको अपेक्षा गरेका छौं ।’

प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले पनि केहि सञ्चार माध्यममा आएका केहि कुराहरु सत्य भएको तर केहि कुराहरु निराधार आरोप मात्रै भएको गुनासो गर्दै राम्राहरु पनि आई दिनु पर्ने आग्रह गरेका छन् ।

किन आयो त नकरात्मक पक्ष मात्रै ?
तत्कालिन नेकपा एमाले माओवादीको एकता पछि त्यस गाउँपालिकाले माओवादी केन्द्रका कार्यकर्ताहरुलाई विभिन्न तालिम लगायतका कार्यक्रममा सहभागी गराउन छाडेको ।

नेपाल कम्युनिष्ट पार्टीको हैसियतले तत्कालिन एमाले कार्यकर्तालाई मात्र प्रतिनिधीत्व गराएको लगायतका विषयमा त्यहाँँँँका तत्काललिन माओवादी नेता कार्यकर्ताहरु असन्तुष्ट भई नागरिक समाजका नाममा त्यस गाउँँपालिकामा भएका नकरात्मक कार्र्याहरुको विष्फोट गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

उनिहरुले लगाएको आरोप मध्य तिन दिन तालिम गराउँदा एकै ब्यक्तिले १७ हजार भत्ता लगेको भन्ने कुरा निराधार सावित भएको छ । अन्य असन्तुष्टी र सुझावलाई गाउँँपालिका प्र्रमुख थापाले सकारात्मक रुपमा लिएर सुधार गरिने प्रतिवद्धता जनाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ