गुल्मी दरबार गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न, २ हजार बढी लाभान्वित

गुल्मी, २८ बैशाख । गुल्मी दरबार गाउँपालिकाको आयोजनामा एकीकृत बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्मपन्न भएको छ । गाउँपालिकाले सबै वडामा उक्त शिविर आयोजना गरेको थियो ।

बलिथुम, जुभुङ्ग, गौडाकोट, बिरबास, अमरअर्बाथोक, चारपालामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा मुटु रोग, पाठेघर क्यान्सर, पत्थरी, आई यु.सि.डि., भिडियो एक्सरे जस्ता सेवा उपलब्ध गराइएको थियो । ६ दिनसम्म सञ्चालित उक्त शिविरबाट महिला पुरुष गरि २ हजार १ सय ४४ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

आफ्नै गाँउघरमा जटिल रोगको उपचार पाउँदा स्थानीय जनता हर्षीत भएका छन् । यता गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले सल्लेरी खबरसँग कुराकानी गर्दै भने “जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँमै शिविरको आयोजान गरिएको हो ।” साथै सबै वडाका स्वास्थ्य शाखा कार्यालयलाई थापाले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

गत बैशाख २२ गते गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले एक समारोहका साथ शिविरको उद्घाटन गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ