gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

गुल्मी दरबारद्वारा ई–बुलेटिन प्रकाशित, के के छन् बुलेटिनको पहिलो अंकमा ?

रमेश विश्वकर्मा
गुल्मी, भदौ ११ । गुल्मीमा एक स्थानीय तहले ई–बुलेटिन प्रकाशित गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ई–बुलेटिन प्रकाशित गरेको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नो विभिन्न गतिविधिहरु समावेश गरेर मासिक ई–बुलेटिन प्रकाशित गरेको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् पालिकाले सुशासन कायम गर्दै भष्ट्राचार शून्य सहनशीलताको नीति लिएको र पालिकाको हरेक कृयाकलापहरुलाई पारदर्शी बनाई पालिकाका नागरिकहरुलाई सु–सूचित गराउनको लागि मासिक ई–बुलेटिन प्रकाशित हो ।

समग्र कर्मचारी प्रशासनलाई चलायमान बनाउन, कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार र जवाफदेही बनाउँदै गाउँपालिकालाई सु–शासनयुक्त नमूना पालिका बनाउनका लागि गाउँ कार्यपालिकाको कार्यालयका विभिन्न गतिविधिहरु समेटेर मासिक रुपमा ई–बुलेटिन प्रकाशन गरेको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताए । त्यस्तै गाउँपालिकालाई सुशासन, उत्तरदायी र जनमैत्री बनाउँदै सबै जनताको अपनत्व हुने गरी विकास र समृद्धिको दिशामा लागेको बताए ।

गाउँपालिकाले जनतालाई केन्द्रमा राखी जनताको अधिकतम हितको लागि संचालन गरेका विभिन्न गतिविधिहरुको जानकारी सम्बन्धित सरोकारवालाहरुलाई उपलब्ध गराउँदा सबैले सूचना पाउने बताईएको । संवैधानिक हकको प्रत्याभूति गराउन र सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको कार्यान्वयन गर्नका लागि पालिकाले मासिक रुपमा ई–बुलेटिन प्रकाशन गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

पालिकाका विभिन्न शाखाबाट सम्पादन भएका कृयाकलापहरुको बारेमा सबैलाई सु–सूचित गरी कर्मचारीलाई जिम्मेवारीबोध तुल्याई, पारदर्शिता र जवाफदेहिता कायम गर्दै प्रभावकारी सेवा प्रवाहको नीति अवलम्बन गरीएको बताईएको छ् । सूचना नै शक्ति हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै ई–बुलेटिनको माध्यमबाट सम्पूर्ण पालिकाबासी जनताहरुलाई समग्र गाउँ कार्यपालिकाको कार्यालयको विकास निर्माण, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी, पूर्वाधार, सार्वजनिक खर्च लगायतका सबै क्षेत्रहरुको गतिविधिहरुको बारेमा सुसूचित गराउने यस ई–बुलेटिनको मुख्य उद्देश्य रहेकोले आगामी दिनमा यसलाई अझै परिस्कृत रुपमा प्रस्तुत गर्ने गाउँपालिकाले जनाएको छ ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा लक्ष्मण पाण्डे आएपछि गाउँपालिका नागरिक मैत्री बन्दै गएको छ । गाउँपालिकाले कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको सूचना अधिकारी सुरेश खनालले बताए । सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न गाउँपालिका लागि परेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D