चन्द्रकान्त खनाल
रुपन्देही । गुल्मी जिल्ला अस्पताल लाई सरकारले तीन वर्ष पहिले स्तरबद्धि गरेर १५ सैयाबाट ५० सैयामा पुर्याउने निर्णय लिएपनि कार्यान्वयन भएको छैन।
अस्पतालको भौतिक रुप र जनशक्तिमा हालसम्म कुनै परिवर्तन आउन सकेको देखिदैन । १० विशेषज्ञ डाक्टर सहित ५१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले ३१ जनामात्रै भएको अस्पताल विकास समिति अध्यक्ष बिनोद पाण्डेले बताए। उनले भने, ‘विशेषज्ञ डाक्टर त एउटा पनि छैनन् ।’
जिल्लामा दरबन्दी १० जनाको छ तर बिशेषज्ञ डाक्टर भने एक जना नभएको अस्पतालले जनाएको छ । १५ सैया नेपाल सरकार र १५ सैया विकास समितिबाट गरि ३० सैया सञ्चालनमा आएको पान्डेले बताए ।
जिल्लामा एकमात्र सरकारी अस्पताल भएकोले बिरामीको चाप बढेको कारण भुइँमै सुताएर उपचार गर्नु परेको अस्पतालक मेडिकल सुररिटेन्डेन डा श्याम किशोर चौधरीले बताए । ‘उपचार गर्न आउने अस्पताल स्तरबृद्धि अनुसार पूर्वाधार, कर्मचारी र औषधी अभाव छ,’ डा चौधरीले भने । अस्पतालमा दैनीक दुई सय भन्दा बढी बिरामी ओपिडीमा आउने गरेको डा चौधरीले जानकारी दिए ।
भाइरलका बिरामी बढे
अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । गत दुई हप्तादेखि अस्पतालमा भाइरलका बिरामी बढेको अस्पतालका डा सुरेन्द्र रायमाझीले बताए । अस्पतालमा आउने १ सय ५० देखि २ सयसम्म आउने बिरामी मध्ये अधिकांस भाइरल ज्वरोको कारण आउने रायमाझीले बताए ।