जिल्ला समाचार

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा न्यौपाने

अनिल खत्री
८ मंसिर, गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले युवराज न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

‘‘राष्ट्रिय पुजि र व्यवसायीहरुको आधार, समृद्ध र विकासको मुख्य पूर्वाधार’’ भन्ने नाराका साथ सञ्चालन भएको गुल्मी चेम्बर अफ कमर्सको प्रथम अधिवेशनले तीन वर्षका लागि सर्वसहमत रुपमा चयन गरेको हो । जसकोे बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डेय र शुसिला पुन, महासचिव कृष्णप्रसाद भण्डारी, सचिव रामप्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्गप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामुसुनार, यज्ञ पन्थी र मोति श्रेष्ठ रहेका छन् ।

अबिधेशनको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी चेम्बर अफ कमर्स ०७५ माघ ७ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको थियो ।

दर्ता भए लगतै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले गुल्मी चेम्बर अफ कमर्सले ०७५ चैत २२ देखि ०७६ बैशाख २ गतेसम्म प्रथम गुल्मी महोत्सव सञ्चालन गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D