गुल्मी चन्द्रकोट-काठमाडौं सम्पर्क समितिकाे अध्यक्षमा भण्डारी

काठमाडौं, चैत १० । नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति चन्द्रकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । गत चैत ५ गते काठमाडौंमा सम्पन्न अधिवेशनले लक्ष्मण भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिती समेत चयन गरेको छ ।

संयोजक उत्तम अर्यालको सभापतित्वमा सम्पन्न अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन गरेको हो ।

समितिको उपसभापतिमा मीन प्रसाद अर्याल र सरोज भण्डारी, सचिवमा सुजन थापा, सन्तोष पुन, सहसचिवमा अमृत न्यौपाने र कोषाध्यक्षमा कृष्ण प्रसाद विश्वकर्मालाई निर्वाचित गरेको छ। समितिको सदस्यमा रामकृष्ण अर्याल, बालकृष्ण अर्याल, अनिष गौतम, भेषराज सुवेदी, कुसुम खत्री, कुमार पौडेल, सरिता खत्री, पूर्ण बहादुर हमाल, शिव कुमार थापा चुनिएका छन्।

त्यस्तै अधिबेशनले नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिबेशनको लागि पालिका प्रतिनिधि समेत चयन गरेको छ जसमा उत्तम अर्याल, लक्ष्मण भण्डारी्, दुर्गा बहादुर पुन, अर्जुन केसी, सन्तोष खत्री, अमृत न्यौपाने, सुरेश शर्मा, ध्रुव सुवेदी, बिष्णु भण्डारी र माया खत्री रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ