गुल्मी चन्द्रकोटमा लोकगित प्रतियोगिता हुने, राष्ट्रिय कलाकारहरु पनि आउने

गुल्मी, कार्तिक १४ । गुल्मीको चन्द्रकोट गाउँपालिका पिपलपाटामा लोक गित प्रतियोगिता हुने भएको छ । गतिशिल समावेशी समाज विकाश युवा संजालको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । कार्तिक २० र २१ गते राष्ट्रिय कलाकारको उपस्थितिमा कार्यक्रमको आयोजना गरिने आयोजक युवा संजालका चिरञ्जीवि अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार कार्यक्रममा दिपक परियार, पबित्रा सतुनय, नारायण विसी, विष्णु सिर्पाइली लगायत कलाकारको समेत प्रस्तुति रहने छ । कार्यक्रमका सल्लाहकार शंकर अर्यालका अनुसार प्रतियोगिताको बिजेतालाइ १२ हजार २ सय २२ रुपैयाँ नगद र उपबिजेतालाइ ५ हजार ५सय ५५ रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता संचालन गर्न ४ लाख रुपैया लाग्ने आयोजकले जनाएको छ। । संस्कृतिको संरक्षण र नव प्रतिभालाई उजागर गर्न संजालले प्रत्येक वर्ष यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ