गुल्मी चन्द्रकोटको झापकमा शुरु भयो बृहत साँस्कृतिक कार्यक्रम सहितको खेलकुद प्रतियोगिता

सन्जु काउछा
कार्तिक ०४ । चन्द्रकोट गाउँपालिकाको झापकमा (साविकको हरेवा गाविस) बृहत साँस्कृतिक कार्यक्रम सहितको खेलकुद प्रतियोगिता शुरु भएको छ । झरना युवा क्लवले आफ्नो १८ औँ वार्षिकोत्सबको अवसर पारेर साँस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

कार्तिक ३ गते देखी ७ गते सम्म चल्ने कार्यक्रमको प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले आईतवार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री बरालका अलावा बिशिष्ट अतिथीको रुपमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोर्ण खत्रीको, उपाध्यक्ष राधिका अर्याल, ६ नं वडाध्यक्ष गोकर्ण प्रसाद शर्मा लगायतका जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो । राष्ट्रिय कलाकार सागर आले मुख्य आकर्षण रहेको साँस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु सन्तु थापा, निकिता गुरुङ, नर बहादुर राना, उदय पुन, नवराज बस्याल, लक्ष्मी बोहोरा सहित प्राचिन नेपाल पोखरा डान्स ग्रुपले पनि दर्शकलाई मनोरन्जन दिलाउने छन् । त्यस्तै डिजे बुद्धले साँझ ७ बजेपछी हुने डान्स पार्टीमा नचाउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा स्थानिय साँस्कृतिक झाँकी प्रदर्शन, जिवराज आश्रीत स्‍मृति रनिङ भलिबल प्रतियोगिता, तीर हान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि राखिएको आयोजकहरुले जानकारी दिए । कार्तिक ७ गतेको समापन कार्यक्रममा नेपाल सरकारका पररास्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश नं ५ का वन तथा पर्यटन मन्त्री लीला गिरी, प्रतिनिधीसभा सदस्य माया न्यौपाने लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।

कार्यक्रममा सफल पार्न क्लवका सँस्थापक तथा बेलायत संयोजक ओम थापा काउचाको संयोजकत्वमा बेलायतबाट एक लाख बिस हजार पाँच सय पाँच रूपैँया सहयोग पठाएको संयोजक थापाले बताए । बेलायतबाट सहयोग गर्नेहरुमा ओम प्रसाद काउचाबाट ५०५०५ रुपैँया, चन्द्र बहादुर काउचाबाट २५००० रुपैँया, मिलन काउचाबाट ५००० रुपैँया, नन्द गलामी ”कान्छा”बाट ३०००० रुपैँया र पार्वती दगामी पुनबाट १५००० रुपैँया रहेको थापाले जानकारी गराए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ