जिल्ला समाचार

गुल्मी कारागारका कैदीबन्दीलाई योग शिबिर, हाउस वायरिङ र स्विटर बुन्ने तालिम

अनिल खत्री
१३ जेठ, गुल्मी । जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई हाउस वयरिङ्ग तालिम शुरु गरिएको छ । जिल्ला कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु गरेको हो ।

सोमबार योग तालिमको समापन गरिएको छ भने कारागारमै १ महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु तालिम सुरु भएको छ । योग शिबिरको लागि खाजा खर्च र प्रशिक्षक खर्च प्रदेश नम्बर ५ अन्तरिक मालिमा तथा कानुन मन्त्रालयबाट सहयोग भएको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा प्रदेश नम्बर ५ सरकारको २ लाख ५० हजार आर्थिक सहयोगमा २६ जना पुरुष बन्दीहरुको लागि हाउस वयरिङ्ग र महिला बन्दी ४ जनाको लागि सुइटर बुनाई तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो । कैदीबन्दीले समाजमा जाँदा साकारात्मक सोँचको विकास गर्न मनोविज्ञान सम्वन्धी एक हप्ते योग शिबिर तालिम राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललले बताउनुभयो ।

एक महिने हाउस वयरिङ तालिमको सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुभारम्भ गर्नुभयो । बन्दी जिवन बिताउनेहरुलाई सिप मुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागारमा रहेका कैदिबन्दीहरुलाई तालिमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले लगनशिल अनुशासित भएर सिप आर्जन गर्न आग्रह गर्नुभयो । बन्दी जिवन केवल बन्द रहन नभएर सिक्ने अबरका रुपमा मनन गरेर सिप आर्जन गर्न आग्रह गर्नुभयो ।

तालिम उद्घाटनमा बोल्दै बन्दी जिवन बिताएका लेखनाथ गिरीले आजका कैदी बन्दी त्यो समाजका एक अंग रहेकाले समाजमा गएर पुनःस्थापित हुनको निमित्त यस्ता प्रकारका तालिमहरुले उर्जा मिलेको बताउनु भयो । कैदी बन्दीहरु सधै सकरात्मक र अनुशासित भए सबैको सहयोग मिल्ने उदाहरण यस्ता तालिमहरुले देखाएको बताएका थिए । उहाँले बिगतलाई बिर्शेर भबिश्य प्रति चिन्तनशिल भएर सकरात्मक सोच चिन्तन लिएर अगाडी बढे सफलता मिल्ने बताउनु भयो । तालिम आयोजना गरेर बन्दी जिवन बिताएका प्रति गरिएको सकरात्मक सोचले बन्दी जिवन बिताएहरुको पनि सकरात्मक बिचार आउने बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, योग शिबिरका प्रशिक्षक, हाउस वयरिङ्गका प्रशिक्षक लगायतको सहभागिता रहेको थियो । जिल्ला कारागारका प्रमुख अजुर्न थापाका अनुसार कारागार गुल्मीमा एउटी आश्रीत बालिका सहित ७० जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता भएपनि तेब्बर भन्दा वढी कैदी बन्दी बस्दै आएका छन् ।

कैदी बन्दीलाई बन्दी जिवन भन्दा पनि सुधारहुँने अबसर दिनको लागि बिभिन्न संघ संस्थाबाट तालिमहरु दिएर सामाग्रहरु उत्पादन पर्दै आएको जिल्ला कारागारका प्रमुख थापाले बताउनु भयो । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D