gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मी कांग्रेस सभापतीद्वारा मन्त्री झाँक्रीको ध्यानाकर्षण, २ हजार सीट क्षमताको सभाहलको लागि बजेट माग

गुल्मी, माघ १७ । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका गुल्मी कांग्रेसका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सभापति पन्थीले सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिकामा दुई हजार सीट क्षमता भएको सुविधा सम्पन्न सभा हल निर्माण गर्नको लागि आवश्यक बजेटको व्यवस्था गर्न मन्त्री झाक्रीसंग आग्रह गरे । उनले आ.व. २०७८/०७९ बाटै काम सुरु हुने गरी योजना अगाडी बढाउन मन्त्री झाँक्रीलाई आग्रह गरे ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D