जिल्ला समाचार

गुल्मी कांग्रेसको जिल्ला सम्मेलन चैत १६ र १७ मै हुने, देउवा सहित दर्जन बढी केन्द्रिय नेताले सम्बोधन गर्ने

रमेश विश्वकर्मा
गुल्मी, चैत १४ । नेपाली काँग्रेस गुल्मीले यहि चैत्र १६ र १७ गते गर्न लागेको प्रथम जिल्ला सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्याईएको छ । बिपि स्मृति भवन सदरमुकाम तम्घासमा आज पत्रकार सम्मेलन गर्दै काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले पूर्व प्रधानमन्त्रि तथा सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका दर्जन भन्दा बढी केन्द्रिय नेताहरुले सम्मेलनलाई सम्बोधन गर्ने बताउनुभयो ।

यसअघि देशमा भईरहेका विभिन्न घटनाक्रमका कारण केही अन्यौल छाए पनि तोकिएकै मितिमा सम्मेलन् गर्ने श्रेष्ठले बताउनुभयो । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई राष्ट्रिय रुपमै निकै महत्व र चासोको रुपमा हेरिएको भन्दै सम्मेलनबाट सिङ्गो काँग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने श्रेष्ठले बतानुभयो ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरुले हुन नसकेको बताउँदै अहिले गुल्मी कांग्रेसले प्रथम जिल्ला सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो । श्रेष्ठले पार्टी सङ्गठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म पार्टी सङ्गठनलाई बलियो र सशक्त ढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्न पनि बताउनुभयो ।

सम्मेलन मार्फत शक्ति प्रर्दशन गर्ने, व्यापक विरोध प्रर्दशन गर्ने तथा आन्तरीक शक्तिलाई सुदृढ गर्ने प्रमुख लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सम्मेलन्लाई व्यवस्थित बनाउनका लागि ७ वटा उप–समितिहरुको गठन गरिएको सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो । सचिव पन्थीका अनुसार स्वागत तथा सत्कार समितिको संयोजकमा जिल्ला उप–सभापति विष्णु बलाल, साङगठिन समितिको संयोजकमा सचिव खिलध्वज पन्थी, प्रचारप्रसार समितिको संयोजकमा सचिव विष्णुकुमारी सापकोटाको उपस्थिती रहेको थियो ।

त्यस्तै आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष हरि बहादुर के.सी, मञ्च व्यवस्थापन समितिको संयोजकमा तरुण दल जिल्ला अध्यक्ष भरत भलामी, आवाश समितिको संयोजकमा जिल्ला सदस्य प्रकाश भलामी, सांंस्कृतिक समिति संयोजकमा नेपाल सांस्कृतिक संघका जिल्ला अध्यक्ष खुम बहादुर खत्री रहनुभएको छ । पत्रकार सम्मेलनमा जिल्ला स्थित विभिन्न संञ्चार माध्यममा सक्रिय पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D