गुल्मी काँग्रेसले “सवल वडा, सक्षम टोल” अभियान अगाडि बढाउने

रमेश विश्वकर्मा
गुल्मी, पौष २१ । गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ । बैंठकले संगठनलाई आगामी निर्वाचन लक्षित गरेर अगाडि बढ्ने खालका महत्वपूर्ण निर्णय गरेको हो । नवनिर्वाचित सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको पहिलो बैंठकले, १२ बटा एजेण्डामाथि छलफल गरेर महत्वपूर्ण दूरगामी निर्णय गरेको नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले जानकारी दिए ।

बैंठकले सहिदको योगदानको कदर गर्दै सहिदको सपना साकार पार्ने काममा पार्टी तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई लाग्न निर्देशन दिने निर्णय गरेको छ । काँग्रेसले विधान विपरित कुनै पनि कार्य नगर्न र सामाजिक सञ्जालमा नेता तथा कार्यक्रम प्रति नकारात्मक सन्देश फैलाउँने खालका कुनै पनि गतिविधि र अभिव्यक्ति पोष्ट नगर्न समेत सबैसँग आग्रह गर्ने निर्णय गरेको छ ।

१४ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, सहयोगी स्थानीय संघ संस्था तथा नेता कार्यकर्ता प्रति काँग्रेसले आभार सहित धन्याबाद ज्ञापन गरेको छ । जिल्लाबाट प्रतिनिधित्व गरेर केन्द्रीय सदस्यमा निर्वाचित नेपाली काँग्रेसका पुर्वसभापति चन्द्र केसी, लुम्बिनी प्रदेशको कार्यसमिति उपसभापतिमा निर्वाचित निवर्तमान जिल्ला सभापति भूवनप्रसाद श्रेष्ठ, प्रदेश सदस्यमा निर्वाचित युवा नेताहरु द्रोणवहादुर खत्री, विष्णु सापकोटा, कल्पना घिमिरे, मोती भण्डारी, माधव खरेल लगायतलाई बैठकमै सम्मान गरिएको थियो ।

बैंठकले, सबै वडाको संगठनलाई मजवूत बनाएर लैजाने कार्यलाई अगाडि बढाउँनेमा वडा बैंठकलाई व्यवस्थित गर्दै नियमित गर्ने, वडा, स्थानीय तह, प्रदेश र क्षेत्रका नवनिर्वाचित सभापति र सचिवहरुको भेला तथा प्रशिक्षण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँने निर्णय गरेको छ ।

बैंठकले पार्टीका भेला, नियमित बैंठक तथा कार्यक्रमहरुका लागि आचारसंहिताको पालना गर्ने विधिको बारेमा छलफल पछि कार्यान्वयनको निर्णय गरेको छ । सही पालना गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमिति र वडा, स्थानीयतह र प्रदेशका पार्टी कार्यालयहरुको सचिवालय व्यवस्थापन, पार्टीका निर्णयहरु पालना गरे नगरेको पनि प्रभावकारी मूल्याङ्कन, अनुगमन र निरीक्षण कार्यको थालनी गर्ने कार्यलाई समेत अगाडि बढाउँन पार्टीका सबै तहमा निर्देशन गर्ने समेत निर्णय भएको सचिव भगत खड्काले जानकारी दिए ।

अबको काँग्रेस सवल सक्षम हुन्छ : प्रदेश उपसभापति श्रेष्ठ

नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठले १४ औ महाधिवेशन पछिको नेपाली काँग्रेस सवल र सक्षम काँग्रेस हुने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको पहिलो बैंठकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उससभापति श्रेष्ठले अब हुने सबै निर्वाचनहरुमा नेपाली काँग्रेस विजयी हुने किसिमको माहोल बन्दै गएको धारणा व्यक्त गरे । १४औं महाधिवेशनबाट देशै भर उर्जावान व्यक्तिहरु नेतृत्वमा आएको हुँदा, अब काँग्रेसको भविष्य सुन्दर भएको बताउँदै श्रेष्ठ पार्टी शाँखलाई बचाई राख्ने काममा सबै तह र तप्काका व्यक्तिहरुले संगठन नै सबै भन्दा महत्वपूर्ण पक्ष हो भनेर लाग्नुपर्ने बेला आएको बताए ।

नेता श्रेष्ठले भने ‘पार्टी महाधिवेशनले जिम्मेवारी दिएका नेताहरु कुशल संगठक र कार्यकर्ताहरुको इमान्दारीता जगाउँदै, प्रशिक्षण तथा टोल टोलमा काँग्रेसको विचारलाई प्रचार गर्ने बेला अहिले नै हो ।’ कार्यक्रम जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्व र सचिव भगत खड्काको सञ्चालनमा भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ