gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

गुल्मी काँग्रेसको ३० औं बैठक सम्पन्न, नयाँ कृयाशिल सदस्यता बढाईने

रमेश विश्वकर्मा
गुल्मी, साउन २९ । नेपाली काँग्रेस गुल्मीको ३० औं बैठक सम्पन्न भएको छ । नियमित बैठक अन्तर्गत बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा ३० औं बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्लाको समसामयिक विषयमा छलफल गरिएको थियो । पार्टीको नयाँ कृयाशिल सदस्यता थप्ने र कृयाशिल सदस्यता नविकरण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको समिक्षा समेत गरिएको बताईएको छ । बैठकले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को न्युनिकरण तथा रोकथामका लागि भएका कार्यहरु र पछिल्लो समय जिल्लामा वर्षातका कारण गएको बाढी पहिरो रोकथामका लागि भएका प्रयासहरुको बारेमा पनि छलफल गरेको सभापति श्रेष्ठले बताए ।

नेपाली काँग्रेस गुल्मीका सभापति श्रेष्ठको सभापतित्व रहेको बैठकको सञ्चलान सचिव खिलध्वज पन्थीले गरेका थिए । बैठकमा नेपाली काँग्रेस गुल्मीका पदाधिकारी सहित सम्पूर्ण सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D