जिल्ला समाचार

गुल्मी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई नेपाली कांग्रेस गुल्मीद्वारा बधाई ज्ञापन

गुल्मी, चैत १४ । गुल्मी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा विजयी लोकतान्त्रिक प्यानललाई नेपाली कांग्रेस गुल्मीले बधाई ज्ञापन गरेको छ ।

आज बिपि स्मृति भवन तम्घासमा कंग्रेस गुल्मीले एक औपचारीक कार्यक्रम गदै नवनिर्वाचित गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी श्रीप्रसाद भलामी सहितको लोकतान्त्रिक प्यानलाई बधाई ज्ञापन गरेको हो ।

कंग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले विजयी प्यानलाई शुभकामना दिँदै प्रजातन्त्रलाई बलियो बनाउन निजि क्षेत्रको ठुलो भुमिका हुने बताउनुभयो ।

उहाँले जिल्लाको व्यपार व्यवसायको प्रवद्र्धनको लागि उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले महत्वपुर्ण योगदान पु¥र्याउनु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ,अखिलेश्वर पाण्डेय,यस्तै कंग्रेस जिल्ला उपसभापति विष्णु बलाल लगायतको पनि आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कंग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा श्रीप्रसाद भलामी, महासचिव ताराप्रसाद भुसाल, कोषाध्यक्ष इश्वरी बेल्बासे सहित लोकतान्त्रिक प्यानल नै भारी मतले विजयी भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D