गुल्मी उद्योग बाणिज्य संघमा सहमती तोडिएपछि निर्वाचन

टोपलाल अर्याल
गुल्मी, ८ चैत्र । उद्योग बाणिज्य संघमा नयाँ नेतृत्वको लागि चुनाव हुने पक्का भएको छ । सहमतीकै लागि तीन महिना अघि निर्वाचन सारिएको थियो । तर अन्तिम समयमा आएर कांग्रेस निकट व्यावसायीहरुले निर्वाचनमा जाने निर्णय गरेका छन् । अहिले नेकपा र कांग्रेस दुई प्यानलबिच चुनावी रस्साकस्सी शुरु भएको छ ।

आगामी नयाँ नेतृत्व सहित सम्पूर्ण कार्यसमितीका लागि वर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डे र बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको पुरै प्यानल चुनावी मैदानमा छ । दुर्गा प्रसाद पाण्डेको प्यानलमा उपाध्यक्ष रेमलाल पाण्डे, विरेन्द्र भुसाल र दुर्गा वोहरा रहेका छन । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डे, कोषाध्यक्षमा रामु सुनार, सह कोषाध्यक्षमा खड्क श्रेष्ठ लगायत सदस्यहरु रहेका छन ।

श्रीप्रसाद भलामी नेतृत्वको प्यानलवाट उपाध्यक्षमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ रहेका छन । महासचिवमा तारा भुसाल, सचिवमा राजकुमार कक्षपती, कोषाध्यक्षमा इश्वरी वेल्वासे र सहकोषाध्यक्षमा मनिराम अर्याल लगायत सदस्यहरु छन । पाण्डेय नेकपा र भलामी नेपालीको प्यानलबाट चुनावी प्रतिस्प्रर्धामा देखिएका छन् ।

नेकपाको तर्फबाट अध्यक्षका उम्मेदवार पाण्डेले अधिवेशन लम्बाएर विगतको सहमती नेपाली काग्रेस निकट ब्यवसायीहरुले तोडेका कारण निर्वाचनमा जानुपर्ने स्थिती आएको बताए । पाण्डेका अनुसार यस अगाडि श्रीप्रसाद भलामी अध्यक्ष सहित १४ सदस्य काग्रेस निकट ब्यवसायीहरु कार्यसमितीमा जाने र एक उपाध्यक्ष सहित आठ सदस्य नेकपा निकट ब्यवसायीहरु उद्योग वाणिज्य सघंमा जाने सहमती भएको थियो । ‘साथीहरु आफु भित्रको अन्तरद्धन्द र भागवण्डा नमिलाएर चुनावसम्म आए’, पाण्डेले भने, ‘निर्वाचनबाट भाग्न खोजेका छैनौ तर निर्वाचनले व्यावसायीलाई फाइदा पुग्दैन ।’

त्यस्तै बर्तमान बाणिज्य संघका महासचिव तारा भुसालले निर्वाचनमा जाने बिषय व्यावसायीको लागि दुखद भएको बताए । उनले जसले जे कारणले निर्वाचन भने त्यो व्यावसायीहरुको हितमा नभएको बताए । शुक्रबार मनोनयन दर्ताको काम भइरहेको जानकारी दिए ।

अहिले नेकपा निकट व्यावसायीले मनोनय दर्ता गरिरहेकाले केहि बेरमा कांग्रेस निकट व्यावसायीले दर्ता गर्ने भुसालले बताए । उनले शनिबार हुने व्यावसायीको निर्वाचनमा पाँच सय ६८ जनाले मतदान गर्ने बताए ।
भलामी नेतृत्वलाई नयाँ शक्ति पार्टी निकट व्यावसायीले समेत सहयोग गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिवालय सदस्य घनश्याम पाण्डेयले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ