कोरोनाजिल्ला समाचार

गुल्मी अस्पतालमा आधुनिक कोरोना परिक्षण कक्ष संचालन, शुभलक्ष्मी फर्माको सहयोग

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख । गुल्मी अस्पताल तम्घासमा जिल्लाकै पहिलो आधुनिक कोरोना परिक्षण तथा ज्वरो क्लिनिक कक्ष संचालनमा आएको छ । शुभलक्ष्मी फर्माको सहयोगमा तम्घास अस्पतालमा कोरोना परिक्षण कक्ष स्थापना गरिएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कोरोना परिक्षण कक्षको उद्घाटन गरे ।

उनले यो काम बिपद् न्यूनिकरणको सामुहिक प्रयासको नमुनायोग्य उदाहरण भएको बताए । ‘धन भएर पनि सामाजिक सेवाको भावना कम मान्छेले देखाउँछन्’, उनले भने, ‘शुभलक्ष्मी फर्माको पवित्र कामको लागि आभार प्रकट गर्दछु ।’ यो कक्षबाट बिरामीको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मीलाई पिपिई आवश्यक पर्दैन । कोरोना परिक्षण कक्षले पिपिई नभएका कारण बिरामी आए स्वास्थ्यकर्मी भाग्ने अवस्थाको अन्त्य गरेको गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले बताए । साथै यो कक्षबाट ठुलो संख्यामा ¥यापिड टेस्ट गर्दा पिपिई नपर्ने र कम जनशक्तिमा धेरै काम गर्न सकिने पच्याले जानकारी दिए । उनले अव सवै स्थानीय तहमा कोरोना कक्ष अत्यन्तै आवश्यक रहेकाले गुल्मी अस्पतालका चिकित्सवको आत्मवल थपेकोमा शुभलक्ष्मी फर्मालाई धन्यवाद दिए ।

शुभलक्ष्मी फर्माका व्यावस्थापक होमबहादुर पल्लीले आफु पनि अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी भएकाले आवश्यकताको महसुस गरेर कोरोना परिक्षण तथा ज्वरो क्लिनिक संचालनमा सहयोग गरेको बताए । उनले पल्लीले करिव ८० हजार रुपैँयाको लागतमा निर्माण गरिएको कोरोना परिक्षण कक्ष महत्वपूर्ण र बजेटका हिसावले महङ्गो नभएकाले अन्य स्वास्थ्य संस्थाहरुमा पनि संचालन गर्न सकिने बताए । पल्लीले कोरोना परिक्षणसंगै ज्वरो आएकै कारण बिरामी, एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुमा रहेको मनोबैज्ञानिक त्रासको अन्त्य भएको बताए । यो कक्षबाट बिरामी र डाक्टरबिच दुरी कायम गर्न नपर्ने, डाक्टरले बिरामीलाई छोएरै परिक्षण गर्न सक्ने, बिरामी र डाक्टरबिच फोनमा कुराकानी गर्न मिल्ने भएकाले समय सान्दर्भिक भएको पल्लीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D