जिल्ला समाचार

गुल्मी अस्पतालका डाक्टरको आन्दोलनले बिरामी मर्कामा

हुमाकान्त पोखरेल
गुल्मी, २३ चेत्र । स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । विभिन्न मागहरु राखेर डाक्टरहरुको समुहले गरेको आन्दोलनले औषधी गराउन आएका आएका बिरामीहरु झन समस्या बोकेर घर फर्कन बाध्य भएका छन् ।

गुल्मी अस्पताल तम्घासमा बिहान ९ बजेदेखि नै बिरामीहरु घुँइचो देखिन्थ्यो । तर आस्पताल नखुल्ने थाहा पाएपछि बिरामीहरु तितरबितर हुँदै घर फर्कन बाध्य भएका छन् । ‘बिहानैदेखि आएर बसेको अस्पतालको ढोका नै खुलेन ।’ गुल्मीदरबार गाउँपालिका ४ की सिता सुनारले भनिन्, ‘बाध्य भएर इमर्जेन्सीमा भर्ना हुनुप¥र्यो ।’ उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्र बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रनु दुखद कुरा भएको बताइन् । छोरी बिरामी भएर अस्पताल आएकी धुर्कोट गाउँपालिका ४ की पवित्रा पोखरेलले पनि अस्पताल बन्द हुनु निकै दुखद भएको बताईन् ।

‘हामिले तिरेको करबाटै तलब खाने, त्यसैबाट आन्दोलन गर्ने ?’ उनले भनिन्, ‘झगडा माथिका गर्छन, दुख सर्वसाधारणले भोग्नुपर्छ ।’ सरकारले बिहिबारमात्रै अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न रोक लगाएपनि त्यसलाई उल्लघंन गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । यससम्बन्धमा तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले आफुहरुको हक–हितको लागि आन्दोलन गरेको बताए ।

सरकारले डाक्टरहरुको उचित किसिमबाट नगरेकोले समायोजन प्रक्रिया सच्याउनको लागि आफुहरुले आन्दोलन गरेको जानकारी दिए । ‘डाक्टर पनि मान्छे हो, मन खुसि भए पो राम्रोसँग बिरामी जाँच गर्न मन लाग्छ ।’ उनले भने ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D