जिल्ला समाचार

गुल्मीेमा १७०० लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

अनिल खत्री
१ असोज, गुल्मी । घरेलु मदिराले समाजमा बिभिन्न अपराधीक क्रियाकलाप बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका गरेको छ । चाडपर्वको समयमा हुनसक्ने अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्न भन्दै प्रहरीले जिल्ला भर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो ।

जिल्लाको बिभिन्न स्थानबाट ठुलो परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी तम्घासको डम्पिङ्ग साइडमा लगेर नष्ट गरिएको थियो । जिल्लाको रिडीदेखि तम्घाससम्मका बिभिन्न स्थानबाट बरामत नष्ट गरिएको ६ सय लिटर तयार गरिएको मदिरा र ११ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।

मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घरेलु मदिरा चेक जाच तथा नियन्त्रण गर्ने अभियान गुल्मी जिल्लाका ग्रामीण बस्तीहरुमा पनि संञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

गाउँघरमा घरेलु मदिराले बिभिन्न खालका समस्याहरु उत्पन्न गर्ने भएकाले यसको नियन्त्रण र निर्मुल पार्न प्रहरीले कढाइका साथ लागि परेको प्रहरी नायव उपरिक्षक घलेको भनाई छ । मदिरा नियन्त्रणलाई पनि स्थानी तहले कढाइ गरेका छन् ।

जिल्ला भर धेरै जसो स्थानीय तहले मदिरा बेच्ने समय तालिका नै बनाएका छन् । समाजमा धेरै खाले अपराधीक क्रियाकलापमा मदिरा मुख्य जड बनेकाले नियन्त्रण गर्न समय तालिका बनाएर बेच्नको निम्ति नियम बनाइएको मालिका गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन् ।

गाउँपालिकाले बेलुका ५ बजेदेखि ९ बजेसम्म मात्रै बेच्न र खाना पाउने नियम बनाइएको र नियम विपरित क्रियाकलाप गर्नेहरुलाई कारवाही पनि गरिने नियम बनाइएको रिजालले बताइन् । घरेलु र अन्य मदिरालाई बेच्नको निम्ति लाइसेन्स लिएर निश्चित समयमै बेच्न र समय समयमा अनुगमनलाई पनि कढाइका साथ गरिएको उनको भनई छ ।

मदिराले घरेलु मदिराले घरेलु हिंसा बढाएको, घरमा श्रीमान श्रीमती बिच झै–झगडा हुने गरेकाले यसलाई नियन्त्रणलाई कढाई गरिएको गाउँपालिका उपाध्यक्ष रिजालले बताइन् । जिल्लामा घरेलु मदिरा सेवनले मुख्य गरि घरेलु हिंसासँगै झुन्डेर आत्माहत्य गर्ने गरेको पाइएको प्रहरीको तथ्याङमा छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D