gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

गुल्मीमा ७७८ जनाले कोरोना जिते

अनिल खत्री
११ मंसिर, गुल्मी । गुल्मीमा ७ सय ७८ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ८ सय ४५ मध्ये ७ सय ७८ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा हाल ५५ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमितहरु होम आइसुलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ५४९ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा हाल भने क्वारेन्टीनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टीन निर्माण गरिएको छ ।

कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसुलेशन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा पछिल्लो केहि दिन यता सदरमुकाम तम्घासमा कोरोना संक्रमित देखिदै गएपछि रेसुङ्गा नगरपालिकाले नगरभित्र १४ गतेसम्म लकडाउन गरेको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D