कोरोनामुख्य हेडलाईन

गुल्मीमा ६८ जनाको पिसिआर नमुना संकलन, भैरहवा किट अभाव भएपछि पोखरा पठाइदै

टोपलाल अर्याल
गुल्मी, २३ बैशाख । रेसुङा नगरपालिका र धुर्कोट गाउँपालिकाका ६८ जनाको पिसिआर जाँजको लागि स्वाब नमुना संकलन गरिएको छ । भारतबाट आएका रेसुङा नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनीहरु नेपाल–भारत नाकाको सुनौलीमा २८ दिन अलपत्र परेका थिए ।

रेसुङा नगरपालिकाका सात जना, मुसिकोट नगरपालिका तीन जना, छत्रकोट गाउँपालिकाका दुई जना, मदाने गाउँपालिकाका र चन्द्रकोट गाउँपालिकाका एक÷एक जनाको स्वाब संकलन गरिएको अर्यालले बताए । उनीहरु महेन्द्र मावि क्वारेन्टाइनमा १२ बैशाखबाट बस्दै आएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाले ५३ जना भारतबाट आएका र एक जना काठमाण्डौबाट आएकाको स्वाब नमुना संकलन गरेको छ ।

धुर्कोट गाउँपालिका वडा १ नयाँगाउँको खाल प्रावि क्वारेन्टाइनका १० जना, कालिका प्राविमा रहेका ३४ जना र वडा नं २ पिपलधाराको गणेश माविमा रहेका नौ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । धुर्कोट गाउँपालिकाका ५३ जना पनि सुनौली नाकामा अलपत्र परेपछि २८ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण नेगेटिभ आएपछि गाउँ आएका थिए ।

आरडिटी रिर्पोट पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर जाँच गर्ने गरिन्छ । तर उनीहरु लामो समय नाकामा बसेको र धेरै संक्रमित देशबाट आएकाले पुन ः पिसिआर जाँचको लागि नुमना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए । मंगलबार सवैको स्वाब संकलन गरिएकाले भैरहवामा परिक्षण गर्ने केमिकल अभाव भएपछि पोखरा पठाउन थालिएको शर्माले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D