जिल्ला समाचारनिर्वाचन अप्डेट

गुल्मीमा ६१ प्रतिशत मत खस्यो

मंसिर १४, गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ । अहिलेसम्म दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको मतदान अधिकृत कृष्ण शरण लामिछानेले बताए । निर्वाचनका लागि दुई जना मतदान अधिकृत, चार जना सहायक मतदान अधिकृत, आठ स्वयमसेवक र दुई जना सहयोगी गरि १४ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् ।

महिला, पुरुष र अशक्तहरुको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा पुराएपछी बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई निरौलाले आग्रह गरे ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडाअध्यक्ष पदका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरीप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी तथा स्वतन्त्र तर्फबाट मनबहादुर दर्लामीले उमेद्धवारी दर्ता गरेका थिए। तीन जना उमेदवारनै मतदान स्थलमा उपस्थित थिए । वडा न ६ को लागि दुई हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D