gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा ५ सय वढि मुस्लिम समुदायको बसोवास, यसरी मनाए ईद उल फित्र

अनिल खत्री
२० वैशाख, गुल्मी । गुल्मी जिल्लामा करिव ५ सय वढि मुस्लिम समुदायका नागरिकहरु बसोवास गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाहरु पल्पा अर्घाखाँची जिल्लाबाट आएर बिभिन्न पेसा व्यवसाय गर्दै बसोवास गर्दै आएका छन् ।

मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा गुल्मी जिल्लामा पनि सामुहिक रुपमा विशेष नमाज पाठ गरेर मनाएका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं (सौवाल) को पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरि ठुलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र वर्ष मनाएका छन् । यो वर्षको तयारी एक महिना अगाडीबाट गर्ने गरिन्छ । यो वर्षको स्वागतका लागि एक महिना अगाडीबाट रोजा व्रत बस्ने गर्दछन् ।

मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने गरिन्छ । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मुस्लिम समुदायका गुरु अनिस सुवानीले बताए ।
दान गरेपछि नमाज पढेन गर्दछन् । नमाज पढेर सकेपछि दाजुभाई इष्टमित्रहरुको घरमा गएर एकअर्कासँग मेल मिलाप गर्ने सुवानीले बताए ।

कसैसँग रिसाएको भए बोल्ने सलाम गर्ने प्रचलन रहेको उनको भनाई छ । मुस्लिम समुदाय यो अबसरमा इष्टमित्रसँग बसेर खुसी साटासाट गर्ने गर्दछन् । गुल्मी जिल्ला भर मुस्लिम धर्म मान्नेहरु करिव ५ सय रहेको मदरसा अहले सुन्नत गुल्मीका अध्यक्ष खुस्दीन मियाले बताए । ईदउल फित्र पर्वको अबसरमा सम्पूर्णमा शुभकामना दिँदै मियाले जिल्ला समुदायको विकास का लागि लागि परेको बताए । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।

गुल्मी जिल्लामा पाल्पा, अर्घाखाँची, जिल्लावाट आएर बिभिन्न पेसा व्यवसाय गरेर मुस्लिम धर्मालम्बीहरु बस्ने गरेका छन् । अहिले अन्य धर्म मान्नेहरुले पनि राम्रो व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ । चेतनाको कमीले गर्दा पहिला पहिला धेरै समस्या हुने गरेपनि अहिले त्यस्तो अवस्था नरहेकको उनिहरुको भनाई छ । गुल्मी जिल्लामा मुस्लिम मसुदायका नागरिकहरुले आफनै नवाज पढने भवन निर्माण गरेका छन् ।

बिभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको मदरसा अहले सुन्नत गुल्मीका पूर्व अध्यक्ष सागिर मियाले बताए । जिल्लामा मदरसा अहले सुन्नत प्राविको ०७१ सालमा स्थापना भएको । यहाँ मुस्लिम समुदायका बिद्यार्थीहरुले पढने पनि गर्दछन् । जिल्लामा करिव ४० जना बिद्यार्थीहरु पनि रहेको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D