जिल्ला समाचार

गुल्मीमा ५०० लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

अनिल खत्री
७ असार, गुल्मी । घरेलु मदिराले समाजमा बिभिन्न अपराधीक क्रियाकलाप र घरेलु हिंसा बढाउने भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वढिरहेका बेला मदिराले समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै प्रहरीले जिल्ला भर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो ।

जिल्लाका बिभिन्न स्थानबाट बरामत नष्ट गरिएको ५ सय लिटर तयार गरिएको मदिरा र २५ किलो मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । जिल्लाको बिभिन्न स्थानबाट परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी तम्घासको उर्लेनीमा लगेर नष्ट गरिएको थियो ।

मदिरा नष्ट गर्न प्रहरी निरिक्षक पुन सहित प्रहरी नायव निरिक्षक अशोक खड्क लगायत प्हरी जवनाहरुको सहभागिता रहेको थियो । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको प्रहरी निरिक्षक पुनको भनाई छ ।

घरेलु मदिरा चेक जाँच तथा नियन्त्रण गर्ने अभियान जिल्लाका ग्रामीण बस्तीहरुमा पनि संञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला भर धेरै जसो स्थानीय तहले मदिरा बेच्ने समय तालिका नै बनाएका थिए ।

तर पछिल्लो ३ महिना यता कोरोना भाइरसको संक्रमण बढेको र लक डाउनको अबधीमा बेच्न र स्थानीय तहमा ल्याउनको निम्ति प्रतिबन्ध नै गरेका छन् । जिल्लामा घरेलु मदिरा सेवनले मुख्य गरि घरेलु हिंसासँगै झुन्डेर आत्माहत्य गर्ने गरेको पाइएको प्रहरीको तथ्याङ्कमा छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker