कोरोनाजिल्ला समाचार

गुल्मीमा ४४ जना नयाँ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित संख्या २३७ पुग्यो

अनिल खत्री
८ असार, गुल्मी । गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौं र प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा मालिका गाउँपालिकामा, इस्मा गाउँपालिकामा, मुसिकोट नगरपालिकामा र रुरुक्षेत्र गाउँपालिकामा गरि ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आचार्यले बताए ।

थपिएका संक्रमितहरुमा मालिका गाउँपालिकामा ९ जना, इस्मा गाउँपालिकामा ३२ जना, मुसिकोट नगरपालिकामा १ जना र रुरुक्षेत्र गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २३७ जना पुगेका छन् ।

भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार १९९ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५१३ जनाको रिर्पोट आउन बाँकी रहेको छ

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker