गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु

सन्तोष महतारा
गुल्मी, २६ साउन । गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए । सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिए ।

सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताए । उनलाई सामान्य प्रकारको औषधी चलाइएको थियो । मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको छिमेकीले बताएका छन् । ४३ दिनकी छोरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुशिलाका ७ वर्षीय छोरा समेत रहेका छन् । सुशिलाको मृत्युको खास कारण नखुलेको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ