जिल्ला समाचार

गुल्मीमा ३८ औँ मगर दिवश मनाइदै: मगर सँस्कृती र परिकारहरु मुख्य आकर्षण रहने

अमृता गाहा
गुल्मी, फाल्गुण ९ । फाल्गुन १५ गते ३८ औँ मगर दिवश देशैभरका मगर जातीहरुले भव्यताकासाथ मनाउँदै छन् । सोही अवसरमा गुल्मी जिल्लाको तम्घासमा पनि मगर संस्कृतिलाइ जोगाइ राख्न मगर दिवश मनाइने भएको छ । उक्त कार्यक्रम नेपाल मगर विद्यार्थी संघ गुल्मीको आयोजना तथा नेपाल मगर संघ रेसुङ्गा नगरकमिटि गुल्मी र मगर महिला संघ गुल्मीको सहआयोजना सञ्चालन हुने नगर कमिटी गुल्मीका अध्यक्ष मनोज काउछा मगरले जानकारी दिनुभएको छ ।

कार्यक्रम के कसरी सञ्चालन गर्ने भन्ने विषयमा बिहिबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा नेपाल मगर संघ गुल्मीका कार्यवाहक अध्यक्ष कमल काउछाको अध्यक्षता साथै पूर्व केन्द्रिय सदस्य भविन्द्र घर्ती मगरको विषेश उपस्थितिमा बैठक सम्पन्न भएको थियो । कार्यक्रम फाल्गुण १५ गते विहिबार सदरमुकाम तम्घासको खेल मैदान चिदिचौरमा हुने भएको छ । अभिभावकको भुमिका निभाउँदै युवा विद्यार्थीहरुले कार्यक्रमको नेतृत्व गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै कौडा, सालैजो, सोरठी जस्ता मगर संस्कृति झल्किने खालका नृत्य प्रस्तुत गरिने भएको छ । ¥याली सहित तम्घास बजार परिक्रमा गरेर कार्यक्रमको शुभारम्भ हुने छ । कार्यक्रममा स्टलहरुका साथै मगर परिकारहरु राखिने छ । विगतका वर्षमा भन्दा केही फरक र रोचक तरिकाले कायक्रम हुने नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक अध्यक्ष काउछाले जानकारी दिनुभएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker