gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा ३७ वटा हतियार संकलन

तिलाचन पाण्डे
तम्घास, बैशाख २३ गते । गुल्मी प्रहरीले ३७ वटा हतियार संकलन गरेको छ । गाउँगाउँमा रहेका हतियार बुझाउन जिल्ला प्रसासन कार्यालय गुल्मीले चैत मसान्तसम्म समयवधि तोकेपनि अटेर गरेपछि गाउँमै पुगेर हतियार संकलन गरेको जनाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले दर्ता भएका हतियार संकलन संकलन सुरु गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई अटेरी गर्दै हतियार नबुझाए पछि गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा पुगेको प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।

प्रशासनमा दर्ता भएका ५२ वटा हातहतियारहरु मध्ये प्रशासनले जारी गरेको सूचनाको समय अवधि सम्म जम्मा ६ वटा मात्र हतियार जम्मा भएका थिए । प्रहरीले हतियार खोज्ने अभियान चलाएपछि हाल ३७ वटा हतियार जम्मा भएको पौडेलले जानकारी दिनुभयो ।

बाँकी हतियारहरु तत्काल संकलन गर्ने तयारी प्रहरीले गरेको जनाएको छ । जम्मा भएका ३७ हतियारहरु मध्ये सबै एकनाले भरुवा बन्दुक रहेको प्रशासनले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D