जिल्ला समाचार

गुल्मीमा ३० जनाको एड्सकै कारणले मृत्यु, दिवसमा कपडा वितरण

हुमाकान्त पोखरेल
१५ मंसिर, गुल्मी । हाम्रो जिवन प्लस गुल्मीले जिल्लाका एच्आइभि एड्स संक्रमित बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

३१ औँ विश्व एड्स दिवसको अवसरमा जिल्लाभरका ३० जना संक्रमितलाई न्यानो कपडा, आधा दर्जन कापि र पेन्सिल वितरण गरिएको सस्थँका अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् । गुल्मी रुपाकोट निवासी सुमन अर्यालले छोरीहरु सरिसा र सुरिनाको जन्मदिन पारेर उपलब्ध गराएको सामाग्री हाम्रो जिवन प्लसले वितरण गरेको हो ।

अर्यालले ४५ हजार बराबरको सामाग्री प्रदान गरेको सँस्थाले जनाएको छ । गुल्मी जिल्लामा १२४ जना पुरुष र १४७ महिला गरी कुल २७१ जनामा एच. आई. भि. एड्स. देखिएको छ । जसमध्ये २७ जना १८ बर्षभन्दा मुनिका बालबालिका छन् । अहिले १८१ जना संक्रमितहरुले जिल्ला अस्पताल गुल्मीबाट औषधी सेवन गरिरहेका छन् ।

त्यसमध्ये पनि २४ जना १४ बर्षभन्दा मुनिका बालबालिका रहेको तथ्याङ्क छ । जिल्लामा हालसम्म ३० जनाको एच. आइ. भि. एड्सकै कारणले ज्यान जाने गरेको फोकल पर्सन शिशिर शिलवालले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker