कोरोनाजिल्ला समाचार

गुल्मीमा २ जना कोरोना जितेर डिस्चार्ज भए

अनिल खत्री
६ असार, गुल्मी । गुल्मीमा २ जना कोरोना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरोना पोजिटिभ देखिएर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का २३ वर्षका, वडा नम्बर–१ का कञ्चनपुर जिल्ला घर भएका ३० वर्षका संक्रमित डिस्चार्ज गरिएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर उत्तम पच्चाले बताए ।

उनिहरु संक्रमित भएको १४ दिन आइशुलेसनमा बसेर डिस्चार्ज गरिएको डाक्टर पच्चाले बताए । गत जेठ २२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–९ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १५३ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४४९ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker