अपराधजिल्ला समाचार

२६ किलो चरेस सहित एक जना प्रक्राउ

अनिल खत्री
१२ मंसिर, गुल्मी । चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीमा ३३ वर्षिय बालाराम पुन २६ किलो चरेस प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्युठान जिल्ला गौमुखी गाउँपालिका ३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेस सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्युठानबाट गुल्मी तर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ परेका पुनलाई लागु औषध ओसार पसारसम्बन्धी मद्दा दर्ता भएको नायव उपरिक्षक घलेले बताए । पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D