अनिल खत्री
५ असार, गुल्मी । गुल्मीमा जिल्ला युवा समितिले युवाहरुलाई ग्राफिक्स डिजाइन तालिम सुरु गरेको छ । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम राखिएको जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जिवनी आर्यलले बताइन् ।
समितिले मंगलवार एक कार्यक्रमको आयोजना गरेर २५ जना युवालाई एक महिना सम्मको लागि कम्प्युटर मार्फत बिभिन्न खालका डिजाइन गर्न सक्ने गरि ग्राफिक्स डिजाइन तालिम दिन सुरु गरेको हो । बढ्दो बेरोजगार र युवाहरुको बिदेस प्रतिको मोहलाई निरुत्साहित गरि स्वदेसमै रोजगारको प्रबन्ध गर्न भन्दै एक महिने तालिम सुरु गरिएको अर्यालको भनाई छ ।
बजारमा कम्प्युटर शिक्षा लिए पनि बिभिन्न डिजाइन तथा प्रेसहरुमा काम गर्न सक्ने जनशक्तिको पनि कमी भएकाले तालिम दिएर युवालाई रोजगारिमा ल्याउनु मुख्य उदेश्य रहेको अर्यालले बताइन् । तालिमको रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै मेयर भुसालले तालिमले आत्मबल बढाउनुका साथै रोजगारिका अबसरमा पनि सृजना गर्ने भएकाले अनुसाशित भएर सिक्न आग्रह गरे । तालिम योग्यता भएका व्यक्तिलाई खाली बस्न नपर्ने भएकाले तालिम लिएर योग्य ब्यक्ति बन्न आग्रह गरे ।

मेयर भुसालले घर परिवार र अरुलाई देखान मात्रै तालिम लिएझै गरे आफै ठगिने भएकाले आफनै लागि केहि गर्न सक्ने गरि तालिम लिनुपर्नेमा जोड दिए । सिप हुँने मान्छे जहाँ गएपनि काम गरेर खान सक्ने भएकाले अहिलेको समयमा सिप सिक्नु पर्ने जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले जिन्दगी बल्नु छ भने सपि सिकेर मात्रै बदल्न सकिने भएकाले युवा परिर्वतनका सम्बाहक रहेकाले अनुशासित सभ्य भएर सिक्न आग्रह गरे । कार्यक्रममा, जिल्ला युवा समिति कार्यालय प्रमुख लोकनाथ मरासिनी अनुशासित भएर सिक्न जोड दिए । सरकारी पैसा भन्दै झारा तिराई हिसाबले तालिमलाई नलिन आग्रह गरे ।
उनले तालिम केहि गरेर खाने बनाउने यु्वाहरुको लासिग ल्याएका हौ प्रमुख मरासिनीले भने युवालाई योग्य ब्क्ति निर्माण गर्न तालिम राखिएको हो । उनले तालिम सिकेर ब्यावहारमा लागु हुँने गरि सिक्नु पर्नेमा जोड दिए । जिल्ला युवा समिति गुल्मीले केहि दिन अघिदेखि १५ जा युवालाई ड्राभिङ्ग तालिम सञ्चालन गरेको छ ।







