कोरोनामुख्य हेडलाईन

गुल्मीमा १ सय ३८ जनाले कोरोना जिते: ज्यान गुमाउनेको संख्या ३१, सकृय संक्रमित ६ सय ४५ जना

गुल्मी, बैशाख २९ । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधवार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट २३ जना र एण्टिजेन परिक्षण बाट २० जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी १ हजार ४ सय ३२ जनाको गरिएको छ । दोश्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये अहिले सम्म १३८ जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितको संख्या ६४५ रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

गुल्मीमा अहिले ६०६ जना होम आईसोलेशनमा रहेका छन् भने ४ जनाको आईसीयुमा उपचार भईरहेको छ । त्यस्तै ३५ जनाको आईसोलेशनमा राखेर उपचार गरिरहेको छ ।

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ ।

नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।

बैशाख २९ २०७८ कोभिड-१९ दोस्रो लहर गुल्मी (Gulminews.com)
पछील्लो २४ घण्टामा नयाँ संक्रमित – ४३ जना
निको भएकाहरु – १३८ जना
कुल मृत्‍यु – ३१ जना
सकृय संक्रमितको संख्या – ६४५ जना
होमआईशोलेशनमा – ६०६ जना
आईशोलेशनमा – ३५ जना
आईसियुमा – ४ जना
अक्सिजन सिलिण्डर संख्या – १३७ वटा
एम्बुलेन्स संख्या – ३९ वटा
पहिलो मात्राको खोप लगाएका २२ हजार ५ सय ७८ जना
पहिलो र दोश्रो मात्राको खोप लगाएका ४ हजार २६ जना
स्रोत: जिल्ला प्रशासन कार्यालय, बैशाख २९ २०७८
थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D