जिल्ला समाचार

गुल्मीमा १ बर्षमा झण्डै ५ हजारले पासपोर्ट बनाए, साढे २ करोड राजस्व संकलन

अनिल खत्री
३१ साउन, गुल्मी । गुल्मीमा आर्थिक वर्ष ०७४÷०७५ मा राहदानीको लागि ५ हजार ८ सय ३४ जनाले फारम भरेका थिए । जसमध्ये ४ हजार १ सय २५ जनाले जिल्लाबाट र १ हजार ९ सय ५७ जनाले काठमाण्डौबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

जिल्लामा राहदानीबाट मात्रै गत आर्थिक वर्षमा २ करोड ४६ लाख ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३÷०७४मा ४ हजार ८ सय ५३ जनाले फारम भरेका थिए । जसमध्ये ५ हजार ४ सय ४२ जनाले जिल्लाबाट २ हजार ३७ जनाले काठमाण्डौबाट राहदानी लिएका छन्

अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ८५ हजार राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको छ ।

जिल्लाबाट एक वर्षमा १८ हजार ३ सय ६१ जनाले नागरिकता बनाएका छन् । नावालक परिचय पत्रका लागि ४ सय ३१ जनाले सिफारिस लिएको शाखा अधिकृत पाण्डेले बताए ।

पेन्सनको लागि ५ हजार एक सय १३ जना भुतपूर्व सैनिकले सिफारिस लिएका छन् । १ हजार ७ सय ५५ जनाले विविध सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष ०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालयमा १ सय ५२ वटा ठाडो उजुरी तथा मुद्धा परेका थिए । जिल्ला प्रशासन कार्यालयले ४ सय ११ वटा पसलमा अनुगमन र २२ वटा कार्यालयमा निरीक्षण गरेको जनाएको छ ।

गत बर्ष ३७ वटा नयाँ संस्था दर्ता भएका छन् भने १ सय ६१ संस्था नविकरण भएको प्रशासकिय अधिकृत पाण्डेयले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीले दैवि प्रकोप पीडितका लागि दश लाख ५३ हजार सात सय राहत वितरण गरेको छ । कार्यालयले गत बर्ष विभिन्न शिर्षकमा कुल दुई करोड ५१ लाख ६१ हजार दुई सय ५६ राजस्व संकलन गरेका जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D