जिल्ला समाचार

गुल्मीमा १ जना मृत फेला

गुल्मी, मंसिर ०२ । गुल्मीको सदरमुकाम तम्घास नजिकैको भिरमा एक वृद्धको शव फेला परेको छ ।

भिरमा रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव फेला परेको हो । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन् ।

प्रहरी निरीक्षक महेश्वर उपाध्यायका अनुसार गएराती २ बजे ती वृद्ध मदिरा पिएर बाहिर निस्किएका थिए । उनको परिवारले खोजतलासका लागि निवेदन दिएलगत्तै प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए । मृतकका श्रीमती ३ छोरा र एक छोरी रहेको रातोपटीले खबर छापेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D