gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा १५ हजार भन्दा बढीले दिए रोजगारीको लागि निवेदन: कुन स्थानिय निकायमा कतिको निवेदन?

सन्तोष महतारा
गुल्मी, जेठ १७ । गुल्मीमा १५ हजार भन्दा बढी बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि फारम भर्न थालिएसँगै गुल्मीका स्थानियतहहरुमा रोजगारिका लागी फाराम फारम भर्नेहरुको घुँईचो नै लागेको हो ।

यो आर्थीक बर्षमा बेरोजगार फारम भरेका केहिलाई गाउँमै रोजगार दिइने बिभिन्न स्थानिय निकायहरुले जनाएका छन् । बिभिन्न स्थानिय निकायहरुले दिएको तथ्यांक अनुसार १ हजार ६ सय २६ जनाले गाउँमै रोजगार पाउनेछन् ।

कहाँ कतिजनाले भरे फारम?

मुसिकोट नगरपालिकामा जम्मा ६०३ जनाले रोजगारीको माग गर्दै फारम भरेका छन् । जसमध्ये त्यसबाट छानिएर १२६ जनाले रोजगार पाउने मुसिकोट नगरपालिका सुचना अधिकारी समुन्द्र बिक्रम रायमाझीले जानकारी दिनुभएको छ । पछिल्लो पटक मुसिकोट नगरपालिकामा ९० जनालाई सडक मर्मत कामदार (लेन्थ वर्कर) को रुपमा रोजगारी दिईएको थियो । उनीहरुको प्रतिव्यक्ति १३ हजार ५ सयका दरले मासिक तलव पनि तोकिएको छ ।

त्यस्तै मालिका गाउँपालिकामा अहिलेसम्म २ हजार १ सय २६ जनाले बेरोजगार फारम भरेका छन् । जसबाट छानिएर १२६ जनाले रोजगार पाउने मालिका गाउँपालिका सुचना अधिकारी जगत पौडेलले जानकारी दिनुभएको छ ।

उता १३१ जनालाई गाउँमै रोजगारी दिने तैयारी गरिरहेको इस्मा गाउँपालिमा भने १ हजार ८ सय जनाले रोजगारीको माग गर्दै आवेदन दिएका छन् । त्यस्तै रेसुङ्गा नगरपालिकामा १ हजार ६ सय ८४ जनाले फारम भरेकोमा १८५ जनाले मात्र आर्थिक बर्षभित्र रोजगार पाउने रेसुङ्गा नगरपालिका रोजगार संयोजक सन्तोष पन्थले जानकारी दिनुभएको छ ।

त्यसैगरी गुल्मी दरबार गाउँपालिकामा अहिलेसम्म १ हजार १ सय ९९ जनाले, कालीगण्डकी गाउँपालिका १ हजार ८१ जनाले र चन्द्रकोट गाउँपालिकामा ७२५ जनाले बेरोजगार फारम भरेका छन् । आवेदन दिनेहरु मध्यबाट गुल्मी दरबार गाउँपालिकामा १३०, कालिगण्डकी गाउँपालिकामा १३६ जना र चन्द्रकोट गाउँपालिकामा १३५ जनाले रोजगार रोजगार पाउने जनाईएको छ ।

सत्यवती गाउँपालिकामा १ हजार १ सय जनाले, रुरु गाउँपालिकामा अहिलेसम्म १ हजार ५ सय ३४ जनाले र धुर्कोट गाउँपालिकामा करिब १ हजार २ सय जनाले रोजगारका लागि आवेदन दिएको पनि ति गाउँपालिकाका सुचना अधिकारीहरुले गुल्मीन्युज डट कमलाई जानकारी दिए । जसमध्ये सत्यवती गाउँपालिकामा १४३ जनाले, रुरु गाउँपालिकामा १२६ जनाले र धुर्कोट गाउँपालिकामा १५० जनाले रोजगार पाउने बताईएको छ ।

त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिकामा अहिलेसम्म १ हजार १ सय ५० जनाले बेरोजगार फारम भरेका छन् । जसमध्य यो आर्थिक बर्ष भित्र एक सय दुई जनाले रोजगारी पाउने वडा नम्बर ६ का वडाध्यक्ष थमनबहादुर ज्ञवालीले जानकारी दिनुभयो । उता १३४ जनालाई रोजगारी दिने तैयारी गरेको मदाने गाउँपालिकामा २ हजार ३ सय जनाले बेरोजगार फारम भरेको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D