gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा १३ सय वढि उम्मेदवार

अनिल खत्री
१४ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा १३ सय वढि उम्मेदवार बनेका छन् । १२ वटा स्थानीय तहमा १ हजार ३२५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले बताइन् ।

१२ वटा स्थानीय त्यहाँका ९३ वटा वडामा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा १२ जना पालिका प्रमुख पदका लागि ७३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जसमध्ये २७ जनाले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । १२ उपप्रमुख पदका लागि ५१ जनाले उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यसमध्ये ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ९३ जना वडाअध्यक्ष पदका लागि ३ सय ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत कुँवरले बताइन ।

जसमध्ये ९१ जनाले वडाअध्यक्ष पदमा स्वातन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकामा कुल २ सय ११ जनाको बिभिन्न पदमा उम्मेदवारी परेको छ । त्यस्तै मुसिकोट नगरपालिकामा १ सय १४ जना, सत्यवत्ति गाउँपालिकामा १ सय १६ जना, रुरुक्षेत्र गाउँपालिकामा ७९ जनाको उम्मेदवारी परेको छ । मालिका गाउँपालिकामा ९७ जना, मदाने गाउँपालिका १ सय १५ जना, धुर्कोट गाउँपालिकामा १ सय १६ जना, छत्रकोट गाउँपालिकामा ८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको कुँवरले बताइन ।

चन्द्रकोट गाउँपालिकामा १ सय ९ जना, गुल्मीदरवार गाउँपालिकामा १ सय ४ जना, कालिगण्डकी गाउँपालिकामा ८७ जना र इस्मा गाउँपालिकामा ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई उम्मदेवारको मनोनयन पत्र दर्ता गर्ने समय तालिका बनाएको थियो ।

तालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय तालिका रहेको छ । आयोगले वैशाख १६ गते उम्मेदवारको नाफिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D